

अछामः
जिल्ला अस्पताल अछाममा कार्यरत सम्पुर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय अछाममा धर्ना सहित ज्ञापनपत्र बुझाएका छन । देशभरीमा घटित बिभिन्न पछिल्लो घटना क्रमहरु हेटौडा, बुटवल, लमजुङ, पोखरा, बिराटनगर, कञ्चनपुर चितवन र पाटन लगायतका अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातीक आक्रमणको विरोध सहित सुरक्षाको माग गर्दै देशभर धर्ना हुँदै आएको छ ।
देशभरको आन्दोलन स्वरुप अर्को सुचना नआउन्जेल सम्मका लागी ओ.पि.डि.सेवा समेत जिल्ला अस्पताल अछाममा बन्द गरिने जिल्ला अस्पताल अछामका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रवि कुमार यादवले अछामका प्रमुख जिल्ला जिल्ला अधिकारी सरद प्रसाद पोखरेललाई विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।
दोषीलाई तुरुन्त कारवाही नभएकोले हालै देश भरी नै सार्वजनीक भएका सम्पुर्ण आन्दोलनका कार्यक्रमलाई समर्थन गर्दै चरमबद्ध रुपमा आन्दोलनमा भएको जानकारी गराउदै जनुसुकै बेलापनि सबै चिकित्सकीय सेवा ठप्प सम्म पार्ने गरी आन्दोलनको कार्यक्रमहरु घोषणा भए अनुसार आन्दोलन भईरहेका जिल्ला अस्पताल अछामका नर्सिङ ईन्चार्ज गंगा बुढा मगरले जानकारी दिनु भयो ।



