मंगलसेन वसपार्क क्षेत्रका व्यवस्थापनका लागि मंगलसेन नगरपालिकाको ध्याँनाकर्षण

स्थानीयले राखेको मागलाई आफुले गम्भिर रुपमा लिएको नगर प्रमुख बोहराको भनाई - तत्कालिन समस्या समाधानका लागि पहल गरिने

Purnima Mobile
Kirci Gyan Kendra

होम साउद, अछाम, १५ असोजः

Samajik New Add 2082

मंगलसेन वसपार्क तथा सो क्षेत्रको बजार व्यवस्थापनका लागि स्थानीयले मंगलसेन नगरपालिकामा ध्याँनाकर्षण गराएका छन । वसपार्क क्षेत्रका व्यापारी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ र स्थानीयहरुको भेलाबाट विभिन्न निर्णय गरि नगर प्रमुख पदमबहादुर बोहरालाई ध्याँनाकर्षण गराईएको हो ।

Mellekh RM1

स्थानीयको भेलाले मंगलसेन वसपार्कमा थुपारिएको माटोको व्यवस्थापन, ढल निर्माण, खानेपानीको व्यवस्थापन, सौर्य सडकवत्ति जडान तथा मर्मत र फोहोर व्यवस्थापनका लागि पहल गरिदिन नगरपालिका संग माग गरेको छ । ध्याँनाकर्षण पत्र बुझ्दै नगर प्रमुख बोहराले स्थानीयले राखेको मागलाई आफुले गम्भिर रुपमा लिएको बताउँनुभयो । तत्कालको समस्या समाधानका लागि यसपछीको कार्यपालिका बैठकमा छलफल गरेर अगाडी बढ्ने प्रतिक्रिया दिनुभयो । उहाँले नगरपालिकाको तर्फबाट गर्नुपर्ने कार्यका लागि सचेत रहेको समेत बताउनुभयो । आगामी दिनमा नगरपालिका, स्थानीयहरु, वसपार्क व्यवस्थापन समिति र यातायात व्यवसायी समेतको संयुक्त पहलबाट थप व्यवस्थापनका कार्यहरु गर्न सकिने उहाँले बताउँनुभयो ।

मंगलसेन वसपार्क र सो क्षेत्रको बजार व्यवस्थापनका लागि नगरपालिकालाई ध्याँनाकर्षण पत्र बुझाउने कार्यक्रममा वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी सहित स्थानीय समाजसेवी राजेशबाबु बोगटी, शिव बोगटी, शिक्षक कर्ण बहादुर धामी, ब्यापारी गणेश थापा, पूर्ण बुढा लगयातको सहभागीता रहेको थियो । टोलिले वसपार्क क्षेत्रका विविध समस्याका विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीसंग पनि छलफल गरेको जनाएको छ ।

Saud Agro Kailash

स्थानीयको भेलामार्फत गरिएका निर्णयहरुमा वसपार्कमा थुपारिएको माटो र नाली व्यवस्थापन, शौचालय व्यवस्थापन तथा संचालन, वसपार्क व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्ने, वसपार्कबाटै काउण्टर संचालनको व्यवस्था र फोहोर संकलनका लागि तत्काल डस्टबिनको व्यावस्थाका लागि नगरपालिकालाई अनुरोध गर्ने रहेका छन । यस्तै, वसपार्क क्षेत्रको कम्तिमा ५ वटा स्थानमा सौर्य सडकवत्ति जडान र पुरानालई मर्मत गर्नुपर्ने, दुईवटै खानेपानी मुहानको व्यवस्थापन गरि सहज खानेपानी परिपूर्ति र सडक किनारामा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्री तथा सवारी साधनको व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन समेत नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

मंगलसेन वसपार्क क्षेत्रका स्थानीयहरुले बजार क्षेत्र, सडक, खानेपानीका मुहान र वसपार्क क्षेत्रमा हरेक शनिबार बिहान सरसफाई गर्ने गरेका छन । सो कार्यलाई हरेक शनिबार बिहान ८ देखी ९ बजेसम्म नियमित संचालन गर्ने निर्णय समेत स्थानीयको भेलाले गरेको छ । सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गरिने जनाईएको छ । दशैंतिहार नजिकिए संगै सवारि साधनको चाप पनि वढ्दै जाँदा वसपार्क क्षेत्रमा प्लाष्टिकजन्य फोहोर बढिरहेको, घर र पसलहरुबाट निस्कने फोहोर पनि अव्यवस्थित र खोलामा फाल्ने गर्नाले दुर्गन्ध फैलिने तथा पानीका मुहानहरुमा समेत असर गर्ने देखिन्छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.