मंगलसेन वसपार्क क्षेत्रका व्यवस्थापनका लागि मंगलसेन नगरपालिकाको ध्याँनाकर्षण

स्थानीयले राखेको मागलाई आफुले गम्भिर रुपमा लिएको नगर प्रमुख बोहराको भनाई - तत्कालिन समस्या समाधानका लागि पहल गरिने

Samajik Bal biwaha

होम साउद, अछाम, १५ असोजः

मंगलसेन वसपार्क तथा सो क्षेत्रको बजार व्यवस्थापनका लागि स्थानीयले मंगलसेन नगरपालिकामा ध्याँनाकर्षण गराएका छन । वसपार्क क्षेत्रका व्यापारी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ र स्थानीयहरुको भेलाबाट विभिन्न निर्णय गरि नगर प्रमुख पदमबहादुर बोहरालाई ध्याँनाकर्षण गराईएको हो ।

स्थानीयको भेलाले मंगलसेन वसपार्कमा थुपारिएको माटोको व्यवस्थापन, ढल निर्माण, खानेपानीको व्यवस्थापन, सौर्य सडकवत्ति जडान तथा मर्मत र फोहोर व्यवस्थापनका लागि पहल गरिदिन नगरपालिका संग माग गरेको छ । ध्याँनाकर्षण पत्र बुझ्दै नगर प्रमुख बोहराले स्थानीयले राखेको मागलाई आफुले गम्भिर रुपमा लिएको बताउँनुभयो । तत्कालको समस्या समाधानका लागि यसपछीको कार्यपालिका बैठकमा छलफल गरेर अगाडी बढ्ने प्रतिक्रिया दिनुभयो । उहाँले नगरपालिकाको तर्फबाट गर्नुपर्ने कार्यका लागि सचेत रहेको समेत बताउनुभयो । आगामी दिनमा नगरपालिका, स्थानीयहरु, वसपार्क व्यवस्थापन समिति र यातायात व्यवसायी समेतको संयुक्त पहलबाट थप व्यवस्थापनका कार्यहरु गर्न सकिने उहाँले बताउँनुभयो ।

मंगलसेन वसपार्क र सो क्षेत्रको बजार व्यवस्थापनका लागि नगरपालिकालाई ध्याँनाकर्षण पत्र बुझाउने कार्यक्रममा वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी सहित स्थानीय समाजसेवी राजेशबाबु बोगटी, शिव बोगटी, शिक्षक कर्ण बहादुर धामी, ब्यापारी गणेश थापा, पूर्ण बुढा लगयातको सहभागीता रहेको थियो । टोलिले वसपार्क क्षेत्रका विविध समस्याका विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीसंग पनि छलफल गरेको जनाएको छ ।

Mangalsen Mun Anurodh

स्थानीयको भेलामार्फत गरिएका निर्णयहरुमा वसपार्कमा थुपारिएको माटो र नाली व्यवस्थापन, शौचालय व्यवस्थापन तथा संचालन, वसपार्क व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्ने, वसपार्कबाटै काउण्टर संचालनको व्यवस्था र फोहोर संकलनका लागि तत्काल डस्टबिनको व्यावस्थाका लागि नगरपालिकालाई अनुरोध गर्ने रहेका छन । यस्तै, वसपार्क क्षेत्रको कम्तिमा ५ वटा स्थानमा सौर्य सडकवत्ति जडान र पुरानालई मर्मत गर्नुपर्ने, दुईवटै खानेपानी मुहानको व्यवस्थापन गरि सहज खानेपानी परिपूर्ति र सडक किनारामा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्री तथा सवारी साधनको व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन समेत नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

मंगलसेन वसपार्क क्षेत्रका स्थानीयहरुले बजार क्षेत्र, सडक, खानेपानीका मुहान र वसपार्क क्षेत्रमा हरेक शनिबार बिहान सरसफाई गर्ने गरेका छन । सो कार्यलाई हरेक शनिबार बिहान ८ देखी ९ बजेसम्म नियमित संचालन गर्ने निर्णय समेत स्थानीयको भेलाले गरेको छ । सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गरिने जनाईएको छ । दशैंतिहार नजिकिए संगै सवारि साधनको चाप पनि वढ्दै जाँदा वसपार्क क्षेत्रमा प्लाष्टिकजन्य फोहोर बढिरहेको, घर र पसलहरुबाट निस्कने फोहोर पनि अव्यवस्थित र खोलामा फाल्ने गर्नाले दुर्गन्ध फैलिने तथा पानीका मुहानहरुमा समेत असर गर्ने देखिन्छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.