नवौं उद्योग दिवसको अवसरमा अछाममा १२ जना उत्कृष्ट उद्यमिहरुलाई सम्मान

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन ०९ मंसिर : नवौं उधोग दिवसको अवसरमा अछाममा १२ जना उत्कृष्ट उधमी हरुलाइ सम्मान गरिएको छ ।

Samajik New Add 2082

“स्वदेशी उत्पादन अभियान ,उधमिको सम्मान ´´भन्ने मुल नाराका साथ घरेलु उधोग कार्यालय अछामले आयोजना गरेको उधमी सम्मान कार्यक्रममा जिल्लाका १२ जना उत्कृष्ट उधमी र दुई साझेदारी संस्था वाक नेपाल र सेभद चिल्ड्रेन लाइ पनि सम्मान गरिएको हो ।

Mellekh RM1
Saud Agro Kailash

कार्यालयले गरेको सम्मानले आफुलाइ अझ झन हौसला प्राप्त भएको र आफ्नो उधमलाइ सक्रिय रुपमा बढाउन लागिपर्ने सम्मानित उधमी अनिता खड्काले बताउनुभयाे।

चौरपाटी गाउँपालिका वडा नम्बर ५ निवासी खडकाले पढ्दै व्यवसायलाइ अगाडि बढाइ रहेकीछन् । नास्ता पसल संचालन गरेकी उनलाइ उत्कृष्ट उधमीका रूपमा सम्मानित गरिएको हो ।
उधमी हरुलाइ सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले स–साना उद्योगलाई प्राथमिकता दिई युवाहरूलाई आत्मर्निभरता बनाउन उद्योग सञ्चालनतर्फ आकर्षित गर्नुपर्ने बताउनुभयाे । अबको आर्थिक क्रान्ति उधमबाट मात्रै सम्भव भएकोले सबैले उधमशिल बन्नुपर्ने बताउनु भएको छ। देशमा उद्यमको विकास भएपछी रोजगारीको सृजना हुनुका साथै बेरोजगारी समस्या हट्ने बताउनुभयाे ।

घरेलु तथा साना उद्योग कार्यालय अछामले स्थानीय सरकारसँग समन्वय गरेर आवस्यकताको पहिचान गरि सोही बमोजिम उधम विकासका कार्यक्रम सञ्चालन गर्दै आएको घरेलु तथा साना उधोग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले बताउनुभयाे।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.