मालिका सामुदायिक सिकाई केन्द्रद्धारा बृहत साँस्कृतिक कार्यक्रम र वार्षिकोत्सवको समिक्षा

Purnima Mobile
Samajik Bal biwaha

मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेन नगरपालिका १ कुन्तिवण्डालीको वैठक तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षता एवं वडा नम्वर १ का अध्यक्ष लोकराज नाथको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पौष १५ र १६ गते सम्पन्न बृहत साँस्कृतिक कार्यक्रम तथा वार्षिकोत्सव समारोहको समिक्षा गरेको हो ।

Mangala Bharna

वैठक तथा समिक्षा कार्यक्रममा सिकाई केन्द्रद्धारा आयोजित कार्यक्रम ऐतिहासिक, भव्य, सभ्य र शानदार रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्नुका साथै कार्यक्रम सफल पार्न सहयोग गर्ने सरोकारवाला र प्रायोजक लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै वैठकले साँस्कृतिक कार्यक्रममा भएको सम्पूर्ण आम्दानी खर्चको विवरण अनुमोदन गर्नुका साथै केहि समयभित्रै सिकाई केन्द्रको आयोजनामा दुना टपरी तालिम संचालन गर्ने र सहयोगका लागि घरेलु तथा साना उद्योग कार्यालय अछाम, मंगलसेन नगरपालिका र १ नम्वर वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

Mellekh RM1

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लोकराज नाथले सामुदायिक सिकाई केन्द्रले निकै सकारात्मक र कला संस्कृतिको संरक्षण तथा विकासका लागि महत्वपूर्ण कार्य गरेको बताउनुभयो । दुना टपरी तालिमको अवधारणालाई सकारात्मक रुपमा लिदै उहाँले सिकाई केन्द्रले आगामी दिनमा संचालन गर्ने कार्यक्रमहरुमा पनि वडाको तर्फबाट निरन्तर साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Saud Agro Kailash

कार्यक्रममा कार्यपालिका सदस्य हंश थापा राना, वडा सदस्य चन्द्रकला जैगडी, पूर्व वडा अध्यक्ष तथा सिकाई केन्द्रका सल्लाहकार गोपाल थापा, सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापा लगायत पादधिकारी र आजिवन सदस्य तथा सामुदायिक सिकाई केन्द्रका पदाधिकारी सदस्यहरुको सहभागीता रहेको थियो । समिक्षा वैठकमा बृहत साँस्कृतिक कार्यक्रममा सहभागी सामुदायिक सिकाई समूह तथा विद्यालयका साँस्कृतिक टिमहरुलाई प्रमाणपत्र र प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो भने आजिवन सदस्यता प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन सचिव गणेश बहादुर थापाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.