सुर्यज्याेति लाईफ इन्स्याेरेन्सद्वारा बिमितका आफन्तलाई मृत्युदावी रकम हस्तान्तरण

Kirci Gyan Kendra

सुर्यज्याेति लाईफ इन्स्याेरेन्सद्वारा बिमितका आफन्तलाई मृत्युदावी रकम हस्तान्तरण गरिएको छ । कम्पनीमा बिमा गराएका पञ्चदेवल बिनायक नगरपालिका वडानम्वर ८ बारालाका बिमित मृतक मना जैशीकाे बिमा वाफतकाे रकम हस्तान्तरण गरिएको हाे ।

Samajik New Add 2082
Saud Agro Kailash

बिमितकाे २०८० भदौ २४ गते मृत्यु भएपछि सुर्यज्याेति लाईफ इन्स्योरेन्स मंगलसेन शाखाका प्रमुख गणेश साउदले मृतकको घरमै पुगेर ईच्छाएकाे व्यक्ति तथा उनका छाेरा गाैरि प्रसाद जैसीलाई २ लाख ५६ हजार ८३३ रुपैयाँकाे चेक हस्तान्तरण गर्नुभएको थियाे । मृतक जैसीले २०७९ कार्तिक २९ गते १२ वर्षको अवधि राखेर २ लाख ५० हजारकाे बिमा गरेकाेमा पहिलो किस्ता २७ हजार ६८० जम्मा गर्नुभएको थियाे ।

२०८० भदौ २४ गते बिमितकाे ५८ वर्षको उमेरमा निधन भए पछि आईतवार घरमै पुगेर शाखा प्रमुख गणेश साउदले मृत्यु दावी चेक हस्तान्तरण गर्नु भएको शाखा अपरेशन खेमराज ओझाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.