तुर्माखाँदको रहफमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

२५ पाैष मंगलसेन – अछामको तुर्माखाँद गाँउपालिकाको रहफमा गाँउपालिका स्तरीय १४ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नम्बर १ का वडाध्यक्ष उपेन्द्र बहादुर रावलको अध्यक्षता तथा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीको प्रमुख आथित्यतामा प्रतियोगिता उद्घाटन भएको हो ।

Mangala Bharna

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतीथि बिसीले आगामी वर्ष रहफलाई सडक संजालमा जोड्ने प्रतिवद्धता जनाउनु भएको छ । भूलु सम्म पुगेको सडक लाई न्यूनतम ५० लाख व्यवस्था गरेर गाँउपालिकाले रहफ सम्म सडक पु¥याउने उहाँले बताउनुभयो । गाँउपालिकाको विकासका लागि आफुहरु निरन्तर लागिरहेकाले डुङ्गेश्वर, जंगलघाट र टुनिबगरमा पक्की पुल निर्माण बारे पनि प्रदेश र केन्द्र सरकार सँग पटक पटक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

तर तुर्माखाँद गाँउपालिकाले अहिले कसै सँग कुनै समन्वय नै नगरेको भन्दै मेरा विरुद्ध अनावश्यक भ्रम फैलाइएको भन्दै अध्यक्ष बिसीले त्यस प्रकारका हल्ला फैलाएर बिकासमा बाधक नबन्न आग्रह गर्नुभयो । मञ्चमा उभिएर भाषणमा मात्र गफ लगाउने नभइ काम गर्ने तर्फ लाग्नुपर्ने भन्दै उहाँले रहफ सडक पु¥याउन आफुहरुले गरिरहेको पहलमा नीतिगत रुपमा समेत साथ दिनुपर्ने उल्लेख गर्नुभयो । सार्वजनिक रुपमा एउटा कुरा गर्ने र नीतिगत रुपमा अर्कै ब्यवहार गर्ने प्रबृति अन्त्य गरे रहफ र भुलुका सबै आवश्यकता पुरा गर्न कुनै कठिनाई नहुने उहाँको भनाई छ ।

कार्यक्रममा विशिष्ठ अतीथिका रुपमा बोल्दै गाँउपालिका उपाध्यक्ष बिमला शाहीले गाँउपालिकाकै दुर्गममा रहेको रहफको बिकासका लागि हरेक बिषयमा पँहुच विस्तार गर्न सन्देश दिने उद्देश्यले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समेत रहफमा आयोजना गरिएको बताउनुभयो । उहाँले रहफको विकास र समृद्धिका लागि दलगत स्वार्थ भन्दा माथि उठेर सबै एक ठाँउमा उभिने पर्नेमा पनि जोड दिनु भएको छ ।

कार्यक्रममा बोल्दै तुर्माखाँद गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति पुष्पराज शर्माले २९ वर्ष पहिले देखि अहिलेसम्म रहफ हरेक कुराको अभावमा रहेको बताउनु भएको छ । उहिले देखि अहिलेसम्म सडक, पुल, विद्यालय भवन जस्ता मागहरु उल्लेख्य मात्रामा उठिरहेको उहाँले बताउनुभयो । तुर्माखाँदले अहिलेसम्म सांसद र मन्त्री नपाउदा यहाँको विकास हुन नसकेको उहाँको भनाई छ ।

सांसद बनेकाहरुले समेत रहफ जस्ता दुर्गम ठाँउलाई भोट बैंकका रुपमा प्रयोग गरिरहेको भन्दै उहाँले अब भोट माग्न आउने हरेकलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । यहाँको बिकासका लागि आफुले समेत पहल गरिरहेको उहाँको भनाई छ । उद्घाटन समारोहमा तुर्माखाँद गाँउपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर बिसी, वडा नम्बर ५ का वडाध्यक्ष महेन्द्र बहादुर शाही, वडा नम्बर ८ का वडाध्यक्ष निरक शाही र दैलेखको गुँरास गाँउपालिकाको वडा नम्बर १ का वडाध्यक्ष धर्मबहादुर रावलले पनि मन्तब्य राखेका थिए ।

त्यस्तै तुर्माखाँद गाँउ कार्यपालिकाका सदस्यहरु दमन घर्ती, झंकर नेपालीले शुभकामना मन्तब्य राखेको समारोहमा नेपाली कांग्रेसका गाँउपालिका कार्यसमिति सभापति कबिराज बयक, नेकपा एमालेका सह सचिब बिनोद शाही, नेकपा माओवादी केन्द्रका सह सचिब नरेन्द्र लम्साल, राप्रपाका जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टीका तिलक सि, नेपाल शिक्षक महासंघका अध्यक्ष पदम बहादुर बुढा, कलस्टर विद्यालयहरुको तर्फबाट कालिकेश्वरी माविका प्रधानाध्यापक मनिराम बुढा लगायतले पनि मन्तब्य राखेका थिए ।

बिन्द्रासैनी माबि रहफका प्रधानाध्यापक हशिचन्द्र शाहीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन समारोहको संचालन तुर्माखाँद गाँउपालिकाका महिला बालबालिका तथा समाज कल्याण उप शाखा प्रमुख जनक बहादुर थापाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.