नगरस्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलसेनमा सुरु

Purnima Mobile
Samajik Bal biwaha

२६ पौष चक्र प्रशाद जैसी, अछाम – मंगलसेन नगरपालिकाको वडा नम्बर ५ स्थित बृहत खेलमैदानमा नगरपालिका स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

Mangala Bharna

वडा नम्बर ३ का वडाध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षता तथा नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको प्रमुख आथित्यतामा आज प्रतियोगिताको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतीथि बोहराले संघ र प्रदेश सरकारबाट खेल मैदान निर्माणमा असहयोग भएपनि नगरपालिका र सबैको सहयोगले खेलमैदान निर्माणमा जुटेर पहिलो पटक रनिङसिल्ड खेलाउन सफल भएको बताउनुभयो ।

Mellekh RM1

उहाँले यो खेल मैदान जिल्ला कै नमुना खेल मैदान बनाउनका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । अब छिटै जिल्ला स्तरिय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता हुने बताउदै अनुशासित भएर आत्मियताका साथ खेल्न खेलाडीलाई उहाँले आग्रह गर्नुभयो ।

Saud Agro Kailash

यस्तै कार्यक्रममा बिशिस्ट अथितिको रुपमा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी सरद कुमार पोख्रेलले सिल्डमा हुने विभिन्न बिधाका खेल मर्यादित ढंगले सञ्चालन गरि सहि प्रतिभालाई जिल्लास्तरमा छनोट गरि पठाउने सिल्डको मुख्य ध्यय रहेको बताउनुभयो । खेल अनुशासन र मर्यादा सिकाउने प्रथम खुड्किलो भएकाले यसबाट सच्चा नागरिक तयार गरि राष्ट्रको निम्ति समर्पण गर्न सकिने उहाँको भनाई छ । राष्ट्रको बिकास र समृद्धीको लागि बिधार्थि र खेलाडीको महत्वपूर्ण भुमिका रहेको भन्दै यो मंगलसेनमा भईरहेको सिल्डले सकरात्मक सन्देश दिनेगरि र राष्ट्रलाई सहि निकास दिने गरि खेल खेल्न उहाँले खेलाडीहरुलाई सुभकामना दीनुभयो ।

यस्तै कार्यक्रममा विशिष्ठ अतीथिका रुपमा बोल्दै नगर उप– प्रमुख संगिता रावल सोडारीले प्रतियोगिताताले मंगलसेनका खेलाडीहरु जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा सम्म पुगेर खेल खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।उहाँले सबै खेलाडिहरुदै शभकामना दिदै अनुशासित खेल खेल्नुपर्ने भनाई राख्नुभयो । प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सर्टपुट, भाला लगायतका खेलहरु समावेश गरिएको छ । जस अन्तरगत आज पहिलो दिन दौड खेल भएको छ । प्रतियोगितामा मंगलसेनका १२ वटा बिधालयका बिधार्थि खेलाडीहरुको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा नगर प्रमुख बोहरा, उपप्रमुख सोडारी, प्रमुख जिल्ला अधिकारी पोख्रेल, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष केशर खड्का, वडा अध्यक्षहरु, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि, खेल प्रशिक्षक, शिक्षक, खेलाडी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नु भएको थियो ।

कार्यक्रमको रेडियो सोसाईटी एफएमबाट प्र्रत्यक्ष प्रशारण गरिएको थियो ।

उता कमलबजार नगरपालिकामा पनि १४ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा अछाम जिल्ला समन्वय प्रमुख ललित बहादुर कुँवरको प्रमुख आथित्यतामा प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.