मालिका सामुदायिक सिकाई केन्द्रद्धारा दुना टपरी तालिम सञ्चालन

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिका वडानम्वर १ कुन्तिवण्डालीमा १० दिने दुना टपरी सम्वन्धि सीप विकास तालिन संचालन गरिएको छ । मालिका सामुदायिक सिकाई केन्द्र कुन्तिवण्डालीको आयोजना, घरेलु तथा साना उद्योग कार्यालय अछाम र मंगलसेन नगरपालिका साझेदारी तथा १ नम्वर वडा कार्यालयको समन्वयमा तालिम सुरु गरिएको हो ।

Mangala Bharna

सिकाई केुन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षता एवं मंगलसेन नगरपालिका १ का अध्यक्ष लोकराज नाथको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन  गरिएको थियो । तालिमको उदघाटन गर्दै वडा अध्यक्ष नाथले १० दिने तालिममा सवै सहभागीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभयो । आफुले सिकेको सीपलाई भावि दिनमा व्यवहारिक रुपमा कार्यान्वयन गर्ने ईच्छचशक्तिका साथ तालिममा सहभागि हुन उहाँले आग्रह गर्नुभयो । सिकेको सीपको निरन्तरता र प्रतिफल प्राप्त भएमा मात्रै तालिमले सार्थकता पाउँने भन्दैं उहाँले यस्ता उद्यमशिल र सकारात्मक कार्यहरुमा वडाको निरन्तर साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Mellekh RM1

उदघाटन कार्यक्रममा कार्यपालिका सदस्य हंश थापा राना, वडा सदस्य चन्द्रकला जैगडी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य भीम बहादुर राना, नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिव कमल थापा, मंगलसेन नगरपालिका उद्यम विकास शाखा प्रमुख राम बहादुर बुढा, घरेलु तथा साना उद्योग कार्यालय अछामका कम्प्यूटर अपरेटर जनक ढुंगाना, प्रकाश खत्री, वडा कार्यालयका कर्मचारी डण्डी ढुंगाना, हिरण्ड बोगटी र हिरण्ड नाथ लगायतका अतिथि रहनुभएको थियो । सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापाले स्वागत मन्तव्य राख्नुभएको तालिम उदघाटन कार्यक्रमको संचालन सचिव गणेश बहादुर थापाले गर्नुभएको थियो ।

Saud Agro Kailash

विभिन्न टोलका सामुदायिक सिकाई समूहका सदस्य र मालिका सामुदायिक सिकाई केन्द्रबाट गरि १२ जनाको सहभागिता रहेको तालिमको सहजिकरण प्रशिक्षक भावना सलामी मगरले गरिरहनुभएको छ ।

यसैविचः मंगलसेन नगरपालिका वडानम्वर १ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अन्तरगत वडा कार्यालय नजिकै वडा खेलमैदान निर्माण कार्यको सुभारम्भ गरिएको छ । वडा अध्यक्ष लोकराज नाथले वडा कार्यालयको नाममा रहेको जग्गालाई आगामी दिनमा वडा कार्यालयको प्रशासनीक संरचना निर्माण तथा खेलमैदान लगायत सार्वजनिक कार्यक्रम संचालन गर्ने प्रयोजनका लागि उक्त योजनाको सुरुवात गर्नुभएको हो । हाललाई १ लाख ५० हजार लागतमा मैदानलाई कटिङ गर्ने कार्य सुरु गरिएको र आगामी दिनमा थप  विस्तार गर्दै लैजाने योजना रहेको वडा अध्यक्ष नाथले बताउनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.