सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्नुपर्ने: उप प्रमुख रावल

Purnima Mobile
Samajik Bal biwaha

टेक बहादुर थापा:

Mangala Bharna

मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले सामाजिक सुरक्षा भत्ताको दुरुपयोग बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरुलाई प्रोत्साहन स्वरुप दिदै आएको भत्ता सदुपयोग हुनु भन्दा पनि दुरुपयोग बढि भएको गुनासो आउने गरेको बताउनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

सामाजिक सुरक्षा भत्ता सम्बन्धित ब्यक्तिहरु लिन आउन नसक्ने र आएपनि घर परिवारका सदस्यहरु उनीहरुलाई विभिन्न प्रलोभनमा पारि उनीहरु बाट पैसा लिने गरेको भन्दै यो राक्नुपर्नेमा जोड दिनुभएको छ । मंगलसेन नगरपालिका वडा न ९ ओलीगाउँले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उप प्रमुख सोडारीले जेष्ठ नागरिकहरुलाई सरकारले सम्मान स्वरुप दिएको भत्ता आफ्नै खानपानमा मात्रै खर्च गर्न आग्रह गर्नुभएको थियो । कतिपय जेष्ठ नागरिकहरु मिलेको भत्ता बाट मदिरा खाने गरेको गुनासो बढेकाले यस्ता गलत काम नगर्न समेत उहाले आग्रह गर्नुभएको छ । घर परिवारमा पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिदै उहाले आमा बुवालाई राम्रो गरे मात्रै सन्तानको पनी भलो हुने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै नेकपा एमाले अछामका सचिव भिम रावलले समाज विकासका लागि जेष्ठ नागरिकले खेलेको भुमिकोको प्रशंसा गर्दै यस्ता कार्यक्रमबाट उनीहरुको आत्म सम्मान बढ्ने बताउनुभयो । समाजमा रहेका जेष्ठ नागरिकहरुले आफ्नो योग्यता र क्षमताले भ्याए सम्म समाज विकासमा खेलेको भुमिकाको सबैले कदर गर्नुपर्ने भन्दै सचिव रावलले उहाहरुलाई सोही किसीमको सम्मान दिनुपर्नेमा जोडदिनुभएको छ । अहिले पनि जेष्ठ नागरिकहरुलाई सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता पर्याप्त नभएकाले समय सुहाउदो खालको भत्ता दिन आवश्यक रहेको बताउनुभयो । जेष्ठ नागरिकका पक्षमा सरकारले विभिन्न किसिमका ऐनहरु निर्माण गरेपनि त्यो पर्याप्त नभएको सचिव रावलको भनाई छ ।

वडा अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका झुलेन्द्र बहादुर रावलले गाउँमा अहिले युवाहरु नहुदा जेष्ठ नागरिकहरुले दुख्ख पाईरहेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । रोजगारीको शिल शिलामा युवाहरु विदेशीनुले अहिले गाउँमा जेष्ठ नागरिक र महिला मात्रै रहेको बताउदै यस तर्फ स्थानीय सरकारले युवा लक्षित कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । अहिले घरमा युवा नहुदा जेष्ठ नागरिकहरु दुखी विरामी हुदा पनि उनीहरुको रेखदेख गरिदिने कोही पनी नहुदा उनीहरुमा समस्यामा पर्ने गरेको रावलले बताउनुभयो ।

कार्यक्रममा एमाले नगर कमीटी उपाध्यक्ष तकेन्द्र रावल, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, वडा सदस्य पुस्प रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन वडा सचिव सुरेन्द्र बहादुर रावलले गर्नुभएको थियो । वडाले वडमा रहेका ९९ सय जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो लुगा वितरण गरेको वडा अध्यक्ष पदम बहादुर बोहराले जानकारी दिनुभएको छ ।

 

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.