फोहोरको वर्गिकरण र बजार सरसफाईका लागि मंगलसेनका १५ ठाउँमा डस्टविन राखियो

अछामः

Samajik New Add 2082

मंगलसेन नगरपालिकाले बजार क्षेत्रमा फोहोर राख्ने डस्टबिनहरु राखेको छ । बजार क्षेत्रका विभिन्न १५ स्थानमा डस्टबिनहरु राखेको हो ।

बजार क्षेत्रका कार्यालय, पसल र घरबाट निस्कीने फोहोरको व्यवस्थापनमा सहज होस भन्ने उदेश्यले सार्वजनिक स्थल लगायत बजार क्षेत्रमा डस्टबिनहरु राखिएको नगरपालिकाका बन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायतले बताउनुभयो । फोहोरको वर्गिकरण गर्न सहज होस भन्ने उदेश्यले कुहिने र नकुहिने फोहोर राख्न दुई प्रकारका डस्टबिन राखिएका छन । रातो डस्टबिनमा नकुहिने र हरियो डस्टबिनमा कुहिने फोहोर फाल्ने मिल्ने गरि छुट्टा छुट्टै डस्टबिन राखिएको कठायतले बताउनुभयो । बजार क्षेत्र तथा सार्वजनिक स्थलमा हिडडुल गर्ने नागरिकहरुले आफुले फाल्ने फोहोर बजारमा राखिएका डस्टबिनमा मात्रै राखेर सहयोग गरिदिन नगरपालिकाले आग्रह गरेको छ ।

कुन डस्टबिनमा कुहीने फोहोर फाल्ने र कुन डस्टबिनमा नकुहिने फोहोर फाल्ने भनेर सम्बन्धित ठाउमै लेखि दिएको हुदा सोही अनुरुप आफ्नो घर, पसल तथा कार्याबाट निस्किने फोहोर त्यही अनुसार राख्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । होटल तथा घर बाट दुई प्रकारका फोहोरहरु निस्कने भएकाले आफ्नो घरबाट निस्कने फोहोर आफ्नो घर वा पसल अगाडी राखिएको डस्टबिनमा राखेर सभ्य नागरिकको पहिचान दिनुपर्ने उहाँको भनाई छ ।

अहिले पनि बजार क्षेत्रमा फोहोर जथाभावि फाल्ने गलत प्रवृति रहेको भन्दै उहाले यसो गरेमा आगामी दिनमा त्यस्ता व्यापारी तथा घरधनीलाई नियमा अनुसार कारवाही गरिने समेत बताउनुभयो । मंगल खबर र रेडियो गाउँघरसंग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत सोडारीले कुहिने र नकुहीने फोहोर छुट्टा छुट्टै ठाँउमा राखिदिएको खण्डमा फोहोर बर्गिकरण गर्न सहज हुने बताउनुभयो । कुहिने फोहोर मंगलसेन नगरपालिकाको वडा नम्वर ६ मा निकालिएको वायोग्यासका लागि पनि प्रयोगमा आउने भएकाले यो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

हाललाई १५ ठाउँमा राखिएका ३० वटा डस्टविनहरु र फलामे स्ट्याण्डहरु सहित जम्मा १ लाख ४२ हजारको लागत रहेको नगरपालिकाले जनाएको छ । आगामी दिनमा मंगलसेन बजारका अन्य स्थानहरुमा पनि डस्टविनहरु राखिने प्रमुख प्रशासकीय अधिकृत सोडारीले बताउनुभयो । हरेक नगारिकले आ–आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा बजार क्षेत्रपनी सफा देखिने र फोहोर पनि मोहोरमा परिणत हुने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.