जनयुद्धमा अछामका प्रथम सहिद टंक बोगटीको स्मृतिमा चोक नामकरण

अछाम, मंगलसेन। जनयुद्धमा अछामका प्रथम सहिद टंक बोगटीको स्मृतिमा मंगलसेन नगरपालिका–५ स्थित पिपल चौतारामा चोकको नामकरण गरिएको छ।
सहिद टंक बोगटीको सम्झनामा पिपल चौतारास्थित रुखमा उहाँको तस्बिरसहितको स्मृति पोस्टर टाँस गरी उक्त स्थानलाई “टंक बोगटी स्मृति चोक” नामकरण गरिएको हो।
स्वर्गीय टंक बोगटीका छोरा युवराज बोगटीका अनुसार सहिदको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने र उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले चोकको नामकरण गरिएको हो।
स्थानीयको उपस्थितिमा गरिएको कार्यक्रममा सहिद टंक बोगटीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले जनयुद्धका क्रममा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो।

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.