सामाजिक विकास कार्यालय अछाम द्वारा एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमूलक तालिम प्रदान

Kirci Gyan Kendra

अछाम, १३ असार:- एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएको सात दिने सीपमूलक तालिम मंगलसेनमा सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय अछामको आयोजना तथा मंगलसेन नगरपालिका र अपाङ्ग उत्थान समूह अछामकाे समन्वयमा तालिम गरिएको हाे।यही असार ७ गतेदेखि सञ्चालन भएको तालिममा पशुपालन, तरकारी खेती, व्यवसायिक कृषि तथा उद्यमशीलता सम्बन्धी विषयमा सम्बन्धित क्षेत्रका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए। तालिममा अपाङ्गता भएका १३ जना र एकल महिला १६ जना गरी २९ जना सहभागी रहेका थिए।

Samajik New Add 2082
Saud Agro Kailash

समापन कार्यक्रम मंगलसेन नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख मञ्जु महतको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिम समापन संगै सहभागी सबैलाई कृषि व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले एक–एक पोका तरकारीको बीउ, हजारी (पानी हाल्ने भाँडो), कोदालो र फरुवा सहयोग स्वरूप वितरण गरिएको सामाजिक विकास कार्यालयका प्रास राजु कुमार शाहले जानकारी दिनुभयो ।

सामाजिक विकास कार्यालय अछामकाे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बरबहादुर रावलले बताउनुभयो । कार्यक्रमले एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने उहाले बताउनुभयो।
कार्यक्रमबारे जानकारी दिँदै सामाजिक विकास कार्यालयका प्रास राजु कुमार शाहले तालिमबाट सहभागीहरूलाई सीप, ज्ञान र कृषि सामग्री उपलब्ध गराएर आत्मनिर्भर तथा उद्यमशील बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.