टेक राज भण्डारी, असार २२, अछाम

गंगा माध्यमिक विद्यालय, मंगलसेन ६ तेसिंगे अछाममा मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय स्तरमा विद्यार्थीकाे माध्यमबाट मतदाता शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
गंगा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा सम्बन्धि जानकारी गराईएकाे हाे । जिल्ला निर्वाचन अधिकारी रामदिन चाैधरीले विद्यार्थीहरुलाई मतदाता शिक्षा सम्बन्धि विभिन्न विषयमा जानकारी गराउनु भएको थियाे ।
विद्यालयका प्रधानाध्यापक माेतिराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नाे मनमा लागेका विभिन्न जिज्ञाशा राख्नुभएको थियाे ।
मतपत्र बदर हुने अवस्था, १६ बर्ष उमेर पूरा गरेमा नेपाली नागरिकताकाे प्रमाणपत्र प्राप्त गरेपछि फाेटाे सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न पाईने र १८ बर्ष पूरा भएपछि मतदान गर्न पाउने, कसैकाे डरधम्कीबिना मतदान गर्नुपर्ने जस्ता विषयमा विद्यार्थीलाई जानकारी गराईएकाे थियाे ।
कार्यक्रमकाे सहजीकरण शिक्षक विक्रमसिंह विष्टले गर्नुभएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी टेकराज भण्डारीले जानकारी दिनुभयाे ।