काग्रेस र समाजवादी गठबन्धनको चुनावी सभा मुजाबगरमा सम्पन्न

Kirci Gyan Kendra

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी गठबन्धनको चुनावी आम सभा कार्यक्रम मुजबगरमा सम्पन्न भएकाे छ । नेपाली काग्रेस रामारोशन गाउँपालिका समिति उपसभापति मान बहादुर बटालाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेर बहादुर कुवर प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

प्रमुख अतिथि कुवरले गठबन्धनका उम्मेदवारलाई एकमत भएर जिताउन सबै नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । नेपाली काग्रेसका पुर्व पार्टी भरत कुमार स्वार बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य अनुराधा स्वार, रामारोशन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मान बहादुर साउद, उपाध्यक्ष पदका उम्मेदवार तारा प्रसाद खनाल लगाएतका अतिथि रहनु भएको थियो ।

कार्यक्रममा अध्यक्ष साउदले गाउँपालिकामा रहेका अनाथ बालबालिका, एकल महिला, जेहेनदार, विद्यार्थी, आदीवासी, जनजाति, अल्पसंख्यक समुदाय र साहरा बिहिनका लागि आफुले पाउने सेवा सुविधाबाट खर्च गर्ने प्रतिबद्धता जनाएका छन ।

उपाध्यक्ष खनालले एक अर्को प्रसंगमा बोल्दै आफु निर्वाचित भएपछि पालिकामा कम्युनिस्ट सरकारले गरेका खराब कामको पर्दाफास गर्दै जनताका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए । उपाध्यक्ष खनालले आफू जनताको सेव भएकाले जनप्रतिनिधि भएपछि जनताको क्षेत्रमै काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.