अखिल क्रान्तिकारीद्धारा ३ बुदे माग सहित नगरप्रमुख बोहरालाई ज्ञापनपत्र पेश

अछामः

Samajik New Add 2082

अखिल क्रान्तिकारी अछामले विभिन्न शैक्षीक सवाललाई मध्यनजर गर्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरालाई ज्ञापनपत्र बुझाएको छ । संगठन सुदृढीकरण अभियान संचालनका क्रममा अछामका १० वटै पालिका प्रमुखहरुलाइ ज्ञापन पत्र बुझाउने निर्णय अनुसार मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बहादुर बोहरालाइ तीन बुदे माग सहित ज्ञापनपत्र बुझाईएको हो ।

संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउदद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा कक्षा १० सम्मको अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धि संवैधानीक हकको कार्यान्वयन गरिनुपर्ने, सबै प्रकारका शुल्क बन्द गर्दै विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण शुल्कको श्रोत निर्माण स्थानीय तहले गर्नुपर्ने भनिएको छ । यस्तै विद्यार्थिको अनुपात अनुसारको शिक्षक दरबन्दि मिलान गरिनुपर्ने र गुणस्तरिय शिक्षालाइ ध्यानमा राख्दै, राज्यले शिक्षामा गरेको लगानिको उचित प्रतिफल निकाल्न पालिका मातहतका सम्पुर्ण विद्यालयहरुमा शिक्षा शाखा मार्फत मासिक अनुगमन गरि देखिएका समस्याहरुको उचित वर्गीकरण र समाधान गरिनुपर्ने माग राखिएको छ ।

संगठनले राखेका मागहरु तत्काल पुरा गर्न गम्भिर ध्याँनाकर्षण गराउँदै उक्त मागहरुको वेवास्ता गरि गैरजिम्मेवार बनेमा हाम्रो संगठन अनेरास्ववियू क्रान्तिकारी) जस्तोसुकै कदम चाल्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउँन संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउद र उपाध्यक्ष कमल थापा लगायतको सहभागिता रहेकाे थियो ।

Leave A Reply

Your email address will not be published.