ओलीलाई फोन गरेर अष्टलक्ष्मीले भनिन् : म चुनाव लड्दिनँ, विकल्प सोच्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन् ।

Samajik New Add 2082

‘फेरि यस्तो कुरा नगर्नुहोस्, मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु’, शाक्यले भनिन्, ‘विकल्प खोज्न पनि आग्रह गरेको छु ।’ एमालेले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

उपाध्यक्ष शाक्यले उम्मेदवारको आकांक्षा समेत राखेकी थिइनन् । ‘एउटै व्यक्तिले कति चुनाव लड्ने, कतिपटक मन्त्री र प्रधानमन्त्री हुने ?’ उनले भनिन्, ‘जनता दिक्क भइसके । अब नयाँलाई अवसर दिनुपर्छ, अवसर नपाएकालाई अवसर दिइनु राम्रो हो ।’

टिकट वितरणको अधिकार ओलीलाई दिने निर्णय गरेको सचिवालय बैठकपछि पनि उपाध्यक्ष शाक्यले आफू चुनाव नलड्ने बताएकी थिइन् । ‘महिलालाई उम्मेदवार बनाउन सक्नु हुन्न भने पुरुष भए पनि नयाँ आओस् भनेको थिएँ, तर फेरि मलाई नै उम्मेदवार बनाउने भन्ने आयो’, शाक्यले भनिन् ।

शाक्यले कुनै हालतमा संसदीय राजनीतिमा नफर्कने अडान लिएपछि ओली विकल्प खोज्न तयार भएका छन् । ‘फेरि दबाव नदिनुहोस् भनेपछि अध्यक्ष कमरेडले पनि ल ठिकै छ भन्नुभयो’, शाक्यले संचारकर्मिको भनिन् ।

Leave A Reply

Your email address will not be published.