डडेल्धुराको साहुखर्क र रडुवामा पहिरो, सडक अवरुद्ध

धनगढीः सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Samajik New Add 2082

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।

लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत सेवासमेत अवरुद्ध हुँदै आएको छ।

Leave A Reply

Your email address will not be published.