४४ अर्ब डलरमा ट्विटर किनेपछि एलन मस्कले भने- चरो अब स्वतन्त्र भयो

एजेन्सीः
इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्विटरको खरिद प्रक्रिया पूरा गरेका छन् ।

Samajik New Add 2082

सन् २००६ मा स्थापनाको ट्विटर मस्कले ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन् । ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि उनले लेखेका छन्- चरो अब स्वतन्त्र भयो ।

ट्विटरको लोगोमा एउटा चराको आकार छ। त्यसैलाई संकेत गर्दै मस्कले चरा स्वतन्त्र भएको बताएका हुन् ।

स्वामित्व आफूले लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन् ।

उनीहरूलाई बर्खास्त गरिएकोबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन् । मस्कले शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए। केही महिनाअघि ट्विटर किन्ने सम्झौता गरेका उनी पछि उक्त सम्झौताबाट हट्न खोजेका थिए। उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो ।

समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए। उनले अहिले ट्विटरमा आफ्नो बायो परिवर्तन गरी ट्विटरको प्रमुख राखेका छन् ।

मस्कले बर्खास्त गरेका अग्रवाल गत वर्ष ट्विटरको सिइओ नियुक्त भएका थिए। केही महिनाअघि मस्क र अग्रवालले सार्वजनिक रूपमै एक-अर्काको आलोचना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.