भीम रावललाई प्रचारमा जान कसले रोक्दैछ ? यसो भन्छन् रावल

धनगढीः देश चुनावमय बनेको छ। मंसिर–४ मा हुने आम निर्वाचनमा सबै राजनीतिक दलहरु होमिएका छन्। प्रदेश र प्रतिनिधि सभा सदस्यकाे चुनावका लागि राजनीतिक दलहरु तीव्र रुपमा प्रचार प्रसार गरिरहेका छन्। देशका केही ठूला दलहरु गठबन्धन गरेर चुनावी मैदानमा छन्। भने, केहीले केही क्षेत्रमा तालमेल गरेका छन्।

Samajik New Add 2082

यसपटक अधिकांश उम्मेदवार स्वतन्त्र पनि देखिएका छन्। विशेष गरी नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत अन्य दलहरु गठबन्धन गरेर चुनावमा होमिएका छन्, भने नेकपा एमालेले पनि कतै विपी काँग्रेस र कतै राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतसँग तालमेल गरेर चुनावमा होमिएको छ।

मंसिर–४ गते हुने निर्वाचनका लागि ठुला दलका शीर्ष नेताले विभिन्न सभा सम्बोधन गर्ने क्रम सुरु भएको छ। विशेष गरी गठबन्धनको मुख्य प्रतिस्पर्धी नेकपा एमालेले आफ्नो चुनावी सभा सुदूरपश्चिमको दार्चुलाबाट सुरु गरेको छ। शुक्रबार सुदूरपश्चिमका तीन जिल्लामा एमालेले चुनावी सभा सम्पन्न गरेको छ दार्चुलाबाट सुरु भएको सभा बैतडी र कञ्चनपुरमासमेत सम्पन्न भएको छ। उक्त सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन दलका नेताहरुमाथि खनिएका थिए।

यस्तै कञ्चनपुरको चुनावी सभामा पार्टीका शीर्ष नेता डा. भीम रावलको खोजी भएपछि भने ओली आक्रोशित मात्रै भएनन्, कि रावलमाथि नै खनिन पुगे।

चुनावी सभामा सहभागीले भीम रावल खोइ ? भनेपछि ओलीले उल्टै हपारेर भने, ‘भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो? २०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता ? अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’ भन्दै यस्तो प्रतिक्रिया दिएका थिए।

अध्यक्ष ओलीको यो प्रतिक्रिया अहिले चर्चामा छ। विशेष गरी रावलका कार्यकर्ता तथा शुभेच्छुकहरु यो प्रतिक्रियापछि ओलीमाथि आक्रोश पोखिरहेका छन्। एमालेको चुनावी सभामा रावललाई खोज्ने कार्यकर्ताको भीड पनि त्यत्तिकै छ। शुक्रबार सुदूरपश्चिमका भएको तीन सभामा रावल नदेखिएपछि कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन्। तर, रावलले भने भने चुनावी सभामा गएर मत माग्ने चाहना हुँदा पनि पार्टी केन्द्रले आफुलाई रोक्ने गरेको गुनासो गरे। ‘लामो समय पार्टी निर्माणमा लागेका नेताहरुका लागि भोट माग्न जाने चहाना थियो। नबोलाएपनि म आफै जाने सोचमा थिए,’ डा. रावलले दिनेशखबरसँग भने, ‘तर, चुनाव प्रचारमा जान ओली जी नै तगारो बने। उदाहरणका लागि कञ्चनपुरमा मेरा विरुद्ध बोलेको विषय सुन्न सकिन्छ।’

एमालेका शीर्ष नेता डा. भीम रावलले अध्यक्ष ओलीलाई अन्य विषयमा पनि टिप्पणी गरेका छन्। विचार नमिल्नेसँग तालमेल गरेको लगायतका विषयामा टिप्पणी गरेका हु्न्। लामो समय पार्टीमा गरेर संघर्षको मुल्यांकन पार्टी केन्द्रबाट नभएको प्रति रावलको गुनासो छ ।

-dineshkhabar

Leave A Reply

Your email address will not be published.