नवनिर्वाचित प्रदेशसभा सदस्य साउँदद्धारा ऋषिदहमा मतदाता भेटघाट

अछाम क्षेत्र नम्वर १, प्रदेशसभा २ का नवनिर्वाचित प्रदेशसभा सदस्य झपट साउदले मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भईसकेपश्चात नेता साउदले निर्वाचन क्षेत्र अन्तरगतका रामारोशन, बान्निगढी र मेल्लेख गाउँपालिकाका विभिन्न वडाहरुमा मतदाता भेटघाट गरिरहनुभएको छ ।

Samajik New Add 2082

प्रदेशसभा सदस्य साउदले सोमबार मेल्लेख गाउँ पालिका वडा १ मा मतदाता भेटघाट गर्दै जनताको आशा, भरोसा र विश्वासलाई आत्मसाथ गर्दै अघि बढ्ने वताउनुभयो । आफुलाई बिजयी गराएकोमा धन्यवाद दिदै नेता साउदले अब जनताको आधारभूत आवश्यकता कृषि, सिचाई,  खानेपानी, शिक्षा, स्वास्थ्य र सडक संरचनाको विकासका लागि प्रतिवद्ध रहने वताउनुभयो ।

जनताले गरेकाे विश्वासलाई कमजोर हुन नदिई निरन्तर जनताकै माझमा रहने उहाको भनाई छ । ऋषिदहसम्म पुग्ने सडकको सतरोन्नती तथा कृषिको विकासका लागि शितगृह निर्माणका लागि पहल गर्ने साउदे प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै ऋषिदहको सुकुम्वासी वस्तिका नागरिकलाई जग्गा उपलव्ध गराउँन पहल गर्ने उहाँले वताउनुभयो ।

मतदाता भेटघाट कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा रामारोशन गाउँपालिकाका पूर्व अध्यक्ष झंकर साउद भास्कर, नेताहरु लोक बहादुर बोहरा अविरल, सुवास बुढा लगायतको सहभागिता रहेको त्यहाँबाट चन्द्र बहादुर भण्डँरीले मंगल खबरलाई जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.