तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा

हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् ।

Samajik New Add 2082

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् । मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट पाँच सिटमा विजय हासिल गर्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो ।

अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गरेको थियो । तर सो पार्टीले यसपटक कतै जित हासिल गर्न सकेन । यसपटक बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टीले पहिलोपटक प्रतिनिधित्व गरेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात स्थानमा विजयी हासिल गरे पनि प्रदेश सभामा भने शून्य छ । सो पार्टीले प्रदेश सभामा भागै लिएन । लामिछानेले प्रदेशतर्फको मतपत्रमा संकेत चिन्हसमेत लगाएनन् ।

-ratopati

Leave A Reply

Your email address will not be published.