पत्रकार महासंघ अछामको ८ औँ साधारण सभामा ८ बुदे नैनी घोषणा पत्र जारी

अछामः ८ बुदे नैनी घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ अछामको ८ औँ सधारण सभा खप्तडको नैनीमा सम्पन्न भएको छ । शनिबार नैनीमा सम्पन्न साधारण सभाले पत्रकार महासंघ अछामको सदस्यता सुद्धीकरण गर्ने बुदा पहिलो प्राथमिक्तामा रोखेको छ भने व्यावसायिक सुदृढीकरण तथा व्यावस्थापन कार्य आगामी साधारण सभामा गर्ने घोषणा गरेको छ ।

Samajik New Add 2082

घोषणा पत्रको बुदाँ नं. २ मा जिल्ला स्थित श्रमजीवी पत्रकारहरुको हकहित र व्यावसायिक सुरक्षा तथा क्षमता विकासमा जोड दिने रहेको छ । जिल्ला स्थित १० वटै पालिकाबाट संचारमाध्यमको विकास, व्यावस्थापन र दिगोपनाका लागि आवश्यक बजेट बिनियोजित गर्न महासंघ अछामले पहल गर्ने घोषणा गरिएको छ ।

जिल्लाका स्थिानिय तह र अन्य निकायबाट प्रदान हुने सुचना जिल्ला भित्रैका संचारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्न पहल गर्ने समेत घोषणा पत्रको बुदामा समेटिएको छ ।

घोषणा पत्रमा सुदुरपश्चिमको प्रचुर सम्भावना बोकेको पर्यटकिय क्षेत्र खप्तड र नैनीको र्पटन र्पबद्धन र विकासका लागि जिल्ला स्थित सबै संचारकर्मीहरु प्रतिबद्ध भएर लाग्ने र सबै तहका सरकारलाई समाचारको माध्यमबाट दबाव दिने र जिल्लाको ऐतिहासिक कला संस्कृतीको संरक्षण तथा सम्र्बद्धनमा जोड दिने बताईएको छ ।

यस्तै जिल्ला स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रामारोशन, पञ्चदेवल, बैद्यनाथ, तितौडा, बान्नीगढी, बाईकोट, सुरैकोट, मंगलसैन दरवार, भट्टेमालिका, लेष्टेकोट, बलाता बेनीघाट, जिमराणी क्षेत्रको प्रचार प्रसारमा जोड दिने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा सञ्चालित गौरबका आयोजना मध्यपहाडी लोकमार्ग, सेतीलोकमार्ग, कर्णाली करिडोर, मंगलसैन जंगलघाट चिसापानी सडक, मंगलसैन दरवार, बुढीगंगा, बेतनकर्णाली, अपरकर्णाली जलबिधुत आयोजनाको निर्माणमा भईरहेको ढिलासुस्ती र गुणस्तरका बिषयमा ससक्त रुपमा खबदारी गर्ने साधारण सभाबाट पारित घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणा पत्रको ८ औँ बुदामा नेपाल पत्रकार महासंघ अछामको सम्पुर्ण कार्य सञ्चालन निकट भबिष्यमै आफ्नै भवनबाट सुचारु गर्ने गरी भवन निर्माणको कार्यलाई तिव्रताका साथ अघि बढाउने लक्ष्य राखिएको छ ।

नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको साधारण सभाले महासंघको सांगठनिक तथा आर्थिक प्रतिबेदन समेत सर्वसम्मतले पारित गरेको छ । सचिव पूर्ण बहादुर खड्काले प्रस्तुत गर्नुभएको सांगठनिक र सहसचिव नमराज भण्डारीले प्रस्तुत गर्नुभएको कोषाध्क्षको प्रतिवेदन सर्वसम्मत पारित भएको हो ।

Leave A Reply

Your email address will not be published.