नेपाल रेडक्रस साेसाईटीका कार्य प्रंशसनिय रहेकाेः उपाध्यक्ष सर देवी खडका

चौरपाटीः

Samajik New Add 2082

चाैरपाटी गाउँपालिका उपाध्यक्ष सर देवी खडकाले नेपाल रेडक्रस साेसाईटीका कार्य प्रंशसनिय रहेकाे बताउनु भएको छ । शनिबार नेपाल रेडक्रस साेसाईटी चाैरपाटी उपशाखाकाे वार्षिक साधारण सभामा प्रमुख अतिथीकाे आशन बाट वाेल्दै उपाध्यक्ष खडकाले मानव समाजमा आपत विपदकाे समयमा मानव रुपि सहयाेगीकाे रुपमा सर्वप्रथम रेडक्रस रहेकाे भन्दै प्रशंसा गर्नु भएकाे हाे ।

उपाध्यक्ष खडकाले रेडक्रस चाैरपाटी उपशाखालाई गाउँपालिकाले आवश्यकता अनुसार सहयाेग रहेने प्रतिवद्वता जनाउनु भयाे ।रेडक्रस साेसाईटी चाैरपाटी उपशाखाका सभापति राम बहादुर कुँवरकाे सभाध्यक्षमा भएकाे वार्षिक साधारण सभाका विशिष्ट अतिथी चाैरपाटी गाउँकार्यपालिका सदस्य भरत बहादुर विश्वकर्मा र चाैरपाटी गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नर बहादुर खडका रहनु भएकाे थियाे । कार्यक्रममा शिक्षक प्रतिनिधि टंकराज जाेशी, सन्तनिंकारी चाैरपाटीका मुखी कल्लान सिंह थापा, समाजसेवी दल बहादुर खडका, गाेरख बहादुर साउद, देव बहादुर साउद लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।

उपशाखा चाैरपाटीका उपसभापति शालिभान साउदले स्वागत मन्तब्य राख्नु भएकाे थियाे भने वार्षिक प्रतिवेदन सदस्य विक्रम सुनारले गर्नुभएकाे थियो । कार्यक्रमकाे सञ्चालन उपशाखाका सचिव कालु वाेहराले गर्नुभएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.