जेष्ठ नागरिक दिवसको अवसरमा मंगलसेन नगरपालिका वडानम्वर ४ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्रका ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

वडामा रहेका ६८ वर्ष माथिका जम्मा १५४ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला तथा सल वितरण गरिएको जनाईएको छ । वडा अध्यक्ष नाम सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।
जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप वडा कार्यालयको तर्फबाट सम्मान कार्यक्रम गरिएको वडानम्वर ४ का वडा सचिव उर्मिला जिसीले जानकारी दिनुभयो ।