बान्निगढी जयगढ गाउँपालिकाकाे स्व:मुल्यांकनमा ५२ दशमलव २५ प्रतिशत अंक

अछाम : अछामको बान्निगढी जयगढ गाउँपालिकाले आफ्नो स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याँकनको नतिजा सार्वजनिक गरेको छ

Samajik New Add 2082

गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा सम्पादन गरेका क्रियाकलापहरुको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि स्वमुल्याँकन नतिजा सार्वजनिक गरिएको हो । स्वःमुल्याँकनका क्रममा बान्निगढी जयगढ जयगढ गाउँपालिकाले जम्मा ५२ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेको छ ।

बिषयक्षेत्र अनुसार १० शिर्षकमा स्वःमुल्याँकनको नतिजा सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झनक प्रसाद रेग्मीले वताउनुभएको छ ।

स्थानिय तह संस्थागत क्षमता स्वःमुल्याङ्कन कार्यविधी २०७७ (संशोधन, २०७८) बमोजिम स्वःमुल्याङ्कन गरि प्राप्त नतिजा सार्वजनिक गरिएको उहाँको भनाई छ ।

माघ ४ गते बसेको बान्निगढी जयगढ गाउँपलिकाको कार्यपालिका बैठकबाट अनुमोदन गरिएको स्व : मुल्यांकनको अन्तिम नतिजा सार्बजनिक गरिएको हो ।

विषयक्षेत्र अन्तरगत नगरले शासकीय प्रबन्धमा ८८ दशमलव ८९, संगठन तथा प्रशासनमा ६२ दशमलव ५० प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ५४दशमलव ५५ प्रतिशत, वित्तीय एवम् आर्थिक व्यवस्थापन तर्फ ७९ दशमलव ५५ प्रतिशत, सेवा प्रवाहमा ५९ दशमलव ३८ प्रतिशत, न्यायिक कार्य सम्पादन तर्फ ३५ दशमलव ७१ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको छ ।

यस्त भौतिक पूर्वाधार तर्फ ३० दशमलव ७७ प्रतिशत, सामाजिक समावेशीकरणमा ३० प्रतिशत, वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ६१ दशमलव ११ प्रतिशत, सहकार्य र समन्वयमा शून्य प्रतिशत गरि जम्मा ५२ दशमलव २५ प्रतिशत अंक प्राप्ता गरेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६।०७७ देखि गाउँपालिकाले स्वःमुल्याँकन कार्य थालनी गरेको र निरन्तर स्वमूल्याँकन नतिजा प्रकाशन गर्ने गरेको गाउँपालिकाका सुचना अधिकारी तिलक ठकुल्लाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.