मंगल खबर दोस्रो वर्षमा प्रवेश

स्थापना दिवसको अवसरमा गंगा माविमा अध्ययनरत अनाथ टुहुरा विद्यार्थिलाई शैक्षिक सामग्री सहयोग गरिने

मंगल मिडिया नेटवर्क प्रा. लि. अछामद्धारा संचालित मंगल खबर डटकम mangalkhabar.com डिजिटल पत्रिका आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । अनलाईन संचालनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरि २०७८ फागुन ७ गते बाट मंगल खबरले अनलाइन पत्रकारिताको औपचारिक सुरुवात गरेको थियो ।

Samajik New Add 2082

फरकपनको अभ्याँस भन्ने मूल मन्त्रका साथ संचालनमा रहेको अनलाइनले सम्पूर्ण प्रक्रिया पुरा गरि औपचारिक सुभारम्भ गरेको दिनलाई स्थापना दिवसका रुपमा मनाउने छ ।

मंगलखबरको स्थापना दिवस तथा पहिलो वर्ष पार गरेको अवसरमा अनाथ तथा टुहुरा विद्यार्थिलाई शैक्षीक सामग्री सहयोग गरिने छ । मंगलसेन नगरपालिका ६ स्थित गंगा माविमा अध्ययनरत आमा-बुवा दुवै गुमाएका टुहुरा तथा रेखदेख गर्ने आफन्त कोहिपनि नभएका विद्यार्थि (बालवालिका) लाई फागुन ७ गते दिउसो एक कार्यक्रमका विच शैक्षिक सामग्री सहयोग गर्ने मंगल खबरको मातृसंस्था मंगल मिडिया नेटवर्क प्रा. लि. मार्फत जानकारी गराउँन चाहन्छौं ।

मंगल मिडिया नेटवर्क प्रा. लि. मार्फत कम्पनि स्थापनाको अवसरमै २०७८ मंसिर २८ गते अछाम जिल्ला व्यापी मावि स्तरिय निवन्ध प्रतियोगित सम्पन्न गरिएको थियो भने अनलाइन संचालनको अवसरमा २०७८ फागुन ७ गते औपचारिक उदघाटन समारोह मार्फत अनलाइन सुरुवातीको घोषणा गरिएको थियो । हालसम्म अनलाइन मार्फत सत्य, निश्पक्ष र सकारात्मक संचार प्रवाहमा हामि निरन्तर लागिरहेका छौं ।

मिडियाको स्थापना दिवसको अवसरमा समस्त पाठक वर्ग, विज्ञापनदाता, लेखक, सूचना सन्देश सम्प्रेषणकर्ता अछाम स्थित विभिन्न स्थानीय तहहरु, संघिय तथा प्रदेश अन्तरगतका सरकारी कार्यालयहरु लगायत हामिप्रति शुभेच्छा राख्नुहुने समस्त महाँनुभावहरुमा हार्दिक धन्यवाद सहितसम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

-मंगल मिडिया नेटवर्क प्रा. लि. अछाम

मंगलखबर डटकम परिवार

Leave A Reply

Your email address will not be published.