एमालेको अर्को अभियानले एमाले बलियो र सुुदृढ हुन्छ : स्थायी कमिटी सदस्य बिन्दा पाण्डे

टेक बहादुर थापा : नेकपा एमालेका स्थायी कमटी सदस्य बिन्दा पाण्डेले नेकपा एमालेलाई बलियो र सुुदृढ बनाउनका लागि पुन अर्को अभियान संचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । पार्टीले संचालन गरेको मिसन ग्रासरुट कार्यक्रमले एमालेका कार्यकर्ताहरुमा जागरण ल्याएकाले यसले मात्रै पार्टीलाई खुराक नपुगेको हुदा अब अर्को कार्यक्रमको आवश्यक्ता रहेको औल्याउनु भयो ।

Samajik New Add 2082

नेकपा एमाले अछामले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमको समिक्षा बैठकमा बोल्दै स्थायी कमीटी सदस्य पाण्डेले यो कार्यक्रले पार्टीको तल्लो तह सम्मको वास्तविक अवस्थाका बारेमा नेतृत्वलाई राम्रै संग जानकारी गराएकाले अब देखिएका कमी कमजोरी हटाउन र यो पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजानका लागि अर्को कार्यक्रम गर्नुपर्ने आफुले आवश्यक्ता देखेको हुदा यो कुरा मथिल्लो नेतृत्वलाई अवगत गराउने समेत बताउनु भयो ।

यो देशको प्रमुख पार्टी नेकपा एमाले भएपनि पदका हिसाबले मात्रै दोस्रो पार्टी भएको हुदा अब नेकपा एमालेलाई सबै क्षेत्रमा पहिलो बनाउन हरेक कार्यकर्ताले जिम्मेवार ढंगले पार्टी संगठन निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । अछाम जिल्लामा नेकपा एमाले कमजोर नभएको भन्दै उहाले अबको निर्वाचनमा अछाम जिल्लाका सबै निर्वाचन क्षेत्रमा एमालेका उमेदवारले जित्ने वातारवरण मिलाउन निर्देशन समेत दिनुभएको छ ।

अहिले पनि एमाले पार्टी बाट निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा कामगरि अन्य पार्टी बाट निर्वाचित जनप्रतिनिधि भन्दा फरक काम गरेर जनताको मन जित्न सुझाव दिनुभएको छ । एमालेका कार्यकर्ताहरु नैतिकवान, चरित्रवान र ईमान्दार भएमा पार्टी थप बलियो भएर जाने भएकाले यस तर्फ ध्यान दिन अनुरोध गर्नुभएको थियो ।

नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको समिक्षात्मक बैठकमा बोल्दै नेकपा एकालेका केन्द्रिय कमिटी सदस्य गौरी वलीले पार्टीले संचालन गरेको मिसन ग्रासरुट कार्यक्रममा आफ्नो जिम्मेवारी पुरा नगर्ने नेता तथा कार्यकर्तालाई कार्बाही गरिने बताउनुभयो । नेकपा एमाले माथि चारै तिरबाट घेराबन्दी भईरहेको परिस्थितीमा पार्टीलाई एकताबद्ध बनाएर लैजानु छोडेर पार्टीलाई अफ्ठ्यारो हुने गतिविधि संचालन गर्ने जोकोहीलाई पनि नछोडीने उहाको चेतावनी थियो ।

अर्को प्रसंगमा बोल्दै नेता वलीले ब एमालेका कार्यकर्तालाई उत्पदान संग कसरी जोडन सकिन्छ भन्ने विषयमा पार्टी नेतृत्वले गम्भिर रुपमा सोचनुपर्ने बताउनुभयो । सोही अवसरमा बोल्दै केन्द्रिय कमिटी सदस्य आशा बिकले आफु क्षेत्र न २ का अधिकांश वडामा पुगेर पार्टीको वास्तविक अवस्था राम्रै संग बुझेकाले सोेही अनुसारको रिर्पोटिङ माथिल्लो कमीटीलाई गर्ने बताउनुभयो ।

अछाम जिल्लामा एमालेको अवस्था बलियो भएको भन्दै यही अवस्थामा सन्तोस हुनुपर्ने ठाउ नभएको हुदा अझै नेतृत्वले मेहनत गर्नुपर्ने थुप्रै ठाउ रहेको बताउनुभयो ।

कार्यक्रममा एमाले प्रदेश कमीटी उपाध्यक्ष कमल तिमीलसीना, प्रदेश कमीटी सचिवालय सदस्य कृष्ण प्रसाद जैसी, चक्र बहादुर रावल, बम बहादुर बिसी, डिबी साउद लगायतले मन्तव्य राख्दै मिसन ग्रासरुट कार्यक्रम संचालन गर्दा भएका गतिविधि, संगठनलाई बलियो बनाउन गर्नुपर्ने अभ्यासहरुको बारेमा बोल्नु भएको थियो ।

अछाम बहुमुखी क्याम्पसको हलमा सम्पन्न बैठकले जिल्लामा संचालन भएको मिसन ग्रासरुट कार्यक्रम सबैका लागि प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसमा देखिएका कमजोरीहरु सुधार गर्दै अघि बढ्ने र संगठनलाई थप सुदृढ बनाएर लैजाने निर्णय गरेको छ । मिसन ग्रासरुट कार्यक्रमको मसिनो ढंगले पुन समिक्षा गरिने समेत निर्णय भएको पार्टी उप सचिव डम्बर बिसीले जानकारी दिनुभयो ।

बैठकमा जिल्लाका १० वटै पालिका बाट आएका अध्यक्ष तथा ईन्चार्जहरुले मिसन ग्रास रुट कार्यक्रको बेला भएका गतिविधिको बारेमा रिपोर्टिङ गरेका थिए । समिक्षा बैठकको संचालन एमाले अछामका सचिव भिम बहादुर रावलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.