मंगलसेन नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट ५९ करोड ८ लाख ६७ हजार

अछामको मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ५९ करोड ८ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको हो ।

Samajik New Add 2082

शुक्रबार ११ औँ नगरसभाबाट नगर उपप्रमुख संगिता रावल सोडारिले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

चालु आर्थिक वर्षमा कुल आय अनुमान ६० करोड ८ लाख २९ हजार रहेकोमा हाल ६१ करोड १९ लाख ९० हजार ९०५ रुपैया ८५ पैसा संशोधित आय अनुमान रहेकोमा आर्थिक वर्षको अन्त्य सम्ममा कुल खर्च ५४ करोड ६४ लाख ३२ हजार ५४२ रुपैया ९२ पैसा अर्थात ८९.२९ प्रतिशत हुने संशोधित अनुमान प्रश्ततु बजेटमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारबाट समानिकरण अनुदान मार्फत १० करोड ७५ लाख ३७ हजार ५ सय, राजस्व बाँडफाँड (मुल्य अभिबृद्धि कर, अन्तःशुल्क र रोयल्टी बाफत ८ करोड ३ लाख ५९ हजार ४३५ रुपैया, प्रदेश सरकारबाट समानिकरण अनुदान ७४ लाख ५० हजार ६२५, सवारी साधन कर ५५ लाख ४७ हजार २ रुपैया ७ पैसा गरि कुल २० करोड ८ लाख ९४ हजार ५६१ रुपैया ४४ पैसा आगामी बजेटमा सार्वजनिक गरिएको छ ।

आन्तरिक राजस्व परिचालन तर्फ वर्षको अन्त्य सम्म ९२ लाख राजस्व सहित कुल आम्दानी २१ करोड ९४ हजार ५६१ रुपैया ८४ पैसा प्राप्त हुने संशोधित अनुमान समेत गरिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान छ ।

त्यस्तै संघीय विशेष अनुदानबाट ४२ करोड ७८ हजार, सुदुरपश्चिम प्रदेदबाट २ करोड २४ लाख ७९ हजार, राजश्व बाँडफाँडबाट १२ करोड ३९ लाख ९३ हजार, आन्तरिक स्रोतबाट २ करोड १४ लाख ९८ हजार प्राप्त हुने गरी आगामी बजेट सार्वजनिक गरिएको हो ।

Leave A Reply

Your email address will not be published.