ढकारी गाउँपालिकाको राक्सेबगडमा फल्यो चैते धान

अछामको ढकारी गाउँपालीकामा पहिलोपटक चैते धान फलेको छ । ढकारी गाउँपालिका वडा नं ६ को राक्सेबगडमा स्थनिय कृषक धन बहादुर थापाले गाउँपालीकाको सहयोगमा ४ रोपनि क्षेत्रफलमा चैते धान रोपेका थिए । ढकारी गाउँपालीकाले चैते धान परिक्षणका लागी उनलाई बिउ मल सहयोग गरेको गाउँपालीका कृर्षी शाखा प्रमुख पदम बुढाले बताए ।

Samajik New Add 2082

पहिलोपटक परिक्षणका लागी धान लगाईएको यदी धान उत्पादन नभए किसानको मेहनत खेर जाने तथा नकारात्मक सन्देश नजाओस् भनेर धान रोप्नका लागी चाहिने कामदार समेत गाउँपालीका ज्याला उपलब्ध गराएको कृर्षी शाखा प्रमुख बुढाले बताए । बर्षेबाली भन्दा चैतै धानको उत्पादनमा समेत बृद्धि भएको छ । बर्षेबालीका सो जग्गामा ६ टन धान उत्पादन हुने गरेको तर परिक्षणका लागी लगाईएको चैते धान ८. ५ टन उत्पादन भएको चैते धान लगाउन चाहाने कुर्षकलाई गाउँपालिकाले सहयोग गर्ने कृर्षी शाखा प्रमुख बुढाले बताए ।

ढकारी गाउँपालीकाले चैते धानको बिस्तार तथा परिक्षण गर्नका लागी यस बर्षको निती तथा कार्यक्रमा समेटको गाउँपालीका अध्यक्ष प्रकाश साउँदले बताए । ढकारीका किसानलाई धानमा आत्मनिर्भर बनाउनका लागी चैते धान प्रभावकारी हुने बिश्वास गरेको गाउँपालीका अध्यक्ष साउँदले बताए ।

-nirakarankhabar

Leave A Reply

Your email address will not be published.