असहायकाे घरमा टीन – माओवादी विशेष रुपान्तरण

नरेन्द्र रावल
असाेज १३, अछाम ।
नेकपा माओवादी केन्द्र अछामले एक दलित असहाय महिलाको खरकाे चुईने घरछानाेलाई कर्कटपाताले छाईदिएकाे छ ।
घरघरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अछामको मंगलसेन नगरपालिका वाडा नम्बर १० जुपु सिलावाडा टाेलकी दलित असहाय महिला ७० बर्षिया डिक्रा परियारको घरछानाेमा पार्टीको तर्फबाट निशुल्क कर्कटपाता लगाई दिएको हाे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज ओम प्रकाश पुनकाे नेत्त्रित्व सहित जुपुमा गएको टाेलिले असहाय महिलाको चुईने घरछानाे छाईदिएकाे हाे ।
कर्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव शिव बाेगटी, जिल्ला सदस्यहरु ज्ञान रावल, भक्त बिक,बल बहादुर रावल, कमलथापा, कटक साेडारी, सुरत भण्डारी काे उपस्थिति रहेको थियो ।
वरिपरि घरमा पत्थरले छाएका घरहरुको बिचमा चुइने खर लगाएको घरछानाेमा जाेखिमपुर्ण बास गरिरहेकी डिक्रा परियारले ओफ्नाे घरमा टिन लागईदिए पछि हर्षित बन्दै नेकपा माओवादि केन्द्र अछामलाई धन्यवाद दिएकीछन ।

Samajik New Add 2082

Leave A Reply

Your email address will not be published.