जेष्ठ नागरिकको सम्मानद्वारा समाजमा असल परम्परा स्थापित गर्नुपर्ने – नगरप्रमुख बोहरा

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले जेष्ठ नागरिकको सम्मानद्वारा समाजमा असल परम्परा स्थापित गर्नुपर्ने बताउनु भएको छ । जेष्ठ नागरिक भनेका हाम्रा ईतिहास भएकाले उहाहरुलाई हेला नभई उचित किसीमका सम्मान र माया दिनुपर्ने बताउनुभयो ।

Samajik New Add 2082

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगर प्रमुख बोहराले जेष्ठ नागरिकहरुको अनुभवलाई आत्मसाथ गरेर अघि बढेमा समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न सकिने बताउनुभयो । मंगलसेन नगरपालिकाले पनि जेष्ठ नागरिकहहरुलाई यस्ता दिवसको अवसरमा विभिन्न किसीमका सम्मानका कार्यक्रमहरु गर्दै आएकाले आगामी दिनमा जेष्ठ नागरिकहरुका सवाललाई प्राथामिकता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

हाम्रो घर तथा समाजमा अहिले पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभन्दा पनि अपहेलना गर्ने प्रचलनको विकास भएकोमा दुख ब्यक्तगर्दै नगर प्रमुख बोहराले उनीहरु प्रति घर परिवारले गरेको ब्यवहार देखेर दुख लाग्ने गरेको बताउनुभयो । सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकहरुको साहारा भएको भन्दै उहाले भत्ताकै आसले कतिपय छोरा बुहारीहरुले सम्मान गर्ने गरेको उहाको भनाई छ । जेष्ठ नागरिकहरु अनुभवको भण्डार हो भन्ने कुरालाई हामीले बुझ्न नसकेको नगर प्रमुख बोहराले बताउनुभयो । अहिले सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता पर्याप्त नभएकाले यसको दायरा बढाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

बढ्दो महंगीको कारणले जेष्ठ नागरिकहरु सबैभन्दा बढि मारमा परेकाले उहाहरुलाई पुग्ने खालाको ब्यवस्था गर्न आवश्यक रहेको बताउदै कतिपय जेष्ठ नागरिकको भत्ता छोरा,नातीहरुले खाई दिने गरेको उहाको भनाई छ । अधिकांश जेष्ठ नागरिकहरुले बुझ्ने सामाजिक सुरक्षा भत्ता सदुपयोग भन्दा पनि दुरुपयोग बढेको नगर प्रमुख बोहराले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.