स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी

स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आज पनि आन्दोलन जारी राखेका छन् । विभिन्न माग राखी सुरु गरेको कर्मचारीहरूको आन्दोलन आज पनि जारी राखेका हुन् ।

Samajik New Add 2082

उनीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् ।

स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।

उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर्, अन्तर प्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर, लगायतका प्लेकार्ड बोकेर विरोध जनाईरहेका छन । यसैविच देशैभर जस्तै अछाम जिल्लामा पनि आन्दोलन निरन्तर जारी छ । कर्मचारीहरुले कामकाज ठप्प गरि पेन डाउन गरेका छन । मंगलसेन नगरपालिकामा कार्यरत कर्मचारीहरुले पनि कामकाज बन्द गरि कार्यालयको गेटमा धर्नामा बसेको संघर्ष समितिका अध्यक्ष खम्म केसीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.