मंगलसेन नगरपालिका द्धारा ठुलासैन बजारका २० पसलमा अनुगमन

Kirci Gyan Kendra

दशै तिहारलाई मध्यनजर गर्दै बजार अनुगमन थालेको मंगलसेन नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । अनुगमनका क्रममा नगरपालिकाको टोलिले तेस्रो दिन ठुलासैन बजारका २० वटा पसलहरुमा छड्के अनुगमन गरेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

चाड पर्वको समयमा बजार क्षेत्रमा म्याद नाघेका अखाद्य वस्तु बिक्रि वितरण हुने, ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने र सरसफाई नभएको गुनासो आउन थालेपछि नगरपालिकाले बजार अनुगमन सुरु गरेको जनाईएको छ । आईतबार मंगलसेन बजार क्षेत्रमा ८६ वटा पसल अनुगमन गरेको नगरपालिकाले सोमबार ११९ वटा पसल र बुधबार ठुलासैन बजारमा २० वटा पसलको सघन रुपमा अनुगमन गरेकोनगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले बताउनुभयो । पसलहरुमा खाद्यवस्तुको म्याद भए/नभएको, दर्ता नविकरण गरे/नगरेको, मूल्य शुचि र साईनबोर्ड राखे/नराखेको, घर बहाल कर तिरे/नतिरेको, सरसफाईको अवस्था लगायत बिभिन्न १६ वटा सूचक निर्धारण गरि ब्यापारिहरुलाई आवश्यक सुझाव तथा निर्देशन दिईएको सूचना अधिकारी जैशीले जानकारी दिनुभयो ।

मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीको नेतृत्वमा गरिएको बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय अछामका नायव सुब्बा जिवराज उपाध्याय, नगरपालिकाका भण्डार शाखा प्रमुख नरेश बहादुर कठायत, घरेलु तथा साना उद्योग कार्यालय अछामका चेतराज पनेरु, उद्योग वाणिज्य संघ अछामका महासचिव छत्र बहादुर बोहरा, मंगलसेन बजार विकास समितिका अध्यक्ष गोपाल बोगटी लगायतको सहभागिता रहेको थियो ।

बजार अनुगमन कार्य नगर क्षेत्रका सानाठुला सबै बजारहरुमा निरन्तर संचालन गरिने नगरपालिकाले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.