वाक नेपालद्धारा साँफेबगरकाे घुघुरकोट स्थित २ वटा आत्मनिर्भर समुहहरुकाे अनुगमन

२७ मंसिर,मंगलसेन – साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा आज आत्मनिर्भर समुहको अनुगमन गरिएको छ ।

Samajik New Add 2082

वाक नेपालद्धारा सञ्चालित सामाजिक रुपान्तरणका लागी महिला शसक्तिकरण परियोजना अन्र्तगत गठन भएका आत्मनिर्भर समुहहरुको अनुगमन गरिएको हो ।

परियोजना मार्फत महिलाहरुलाई शसक्त बनाउन बचत गर्ने बानीको विकास गर्ने,आयआर्जनको बाटो तर्फ डोर्याउने र परर्निभर हुनबाट मुक्त गराउने उदेश्यका साथ आत्मनिर्भर समुहहरु गठन गरिएको छ ।

घुघुरकोटमा गठन भएका खापरमाण्डौ आत्मनिर्भर र श्रीखण्ड आत्मनिर्भर समुहले गरिरहेका गतिबिधि र समुहमा आबद्ध भएपछि आफ्नो व्यक्तिगत जिवन,पारिवार हुदै समाजमा पारेका सराकात्म पक्षहरुको बिषयमा अनुगमन गरिएको हो ।

अनुगमनमा नगरपालिकाका कार्यवहाक नगर प्रमुख मकर कुवर,कार्यपालिका सदस्य अनिल रैकाई,घुघुरकोटका वडा अध्यक्ष ललित बोगटी,वडा सदस्य भुपेन्द्र महता,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशी,कृषि शाखा प्रमुख हिरा सार्कि रहनु भएकाे थियाे ।

त्यसैगरी वाक नेपालका कार्यसमिति सदस्य छत्रमान ताम्राकार,वाक नेपाल कार्यक्रम व्यवस्थापक चेतराज जोशी,परियोजना अधिकृत दिनेश रावल,परियोजना अधिृकत सत्य स्वाँर,अनुगमन संयोजक जगत रावल,सहजकर्ता अप्सरा बुढा महता लगायत पत्रकारको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.