लागु औषध महाअभियान अन्तरगत अछाम प्रहरीद्धारा जिल्लाका विभिन्न ठाउँमा छलफल

१७ मंसिर,मंगलसेन – लागु औषध महाअभियान २०८० अनुसार अछाम प्रहरीले आज पनि लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

Samajik New Add 2082

“सामुदायिक प्रहरी साझेदारी’’ कार्यक्रम अन्तरगत प्रहरी चौकी मंगलसेन, अस्थाई प्रहरी पोष्ट बेलखेत र प्रहरी चौकी सिउँडी अछामको आयोजनामा विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न भएका हुन् ।

मंगलसेन बजार, कमलबजार नगरपालिका ३ स्थित राष्ट्रिय माद्यामिक विद्यालय र चौरपाटी गाउँपालिकाको कार्यालय भवनमा छलफल गरिएको अछाम प्रहरीले जनाएको छ ।

विद्यालयका छात्रा–छात्रहरु सहित विभिन्न स्तरका जनसरोकारवाला निकायहरु गरी करिब १ सय ४९ जनाको उपस्थितिमा लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

Leave A Reply

Your email address will not be published.