जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्न डाक्टर लिएर वडाध्यक्ष अधिकारी गाउँटोलमा

३० मंसिर,मंगलसेन – अछामको मेल्लेख गाउँपालीका ५ बिन्धेवासिनिले जेष्ठ नागरिक सँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।

शनीबार एक कार्यक्रमका बिच वडा अध्यक्ष प्रकाश अधिकारीले साविकको बिन्धेवासिनिको सरानीबाट कार्यक्रम सुरुवात गर्नु भएकाे छ।

Samajik New Add 2082

वडाका जेष्ठ नागरिक जो स्वाथ्य सेवाको पहुचबाहिर रहेकोले  उनिहरुलाई गाउमै गएर स्वास्थ्य परिक्षण सतिह औषधी उपचार गरिएको वडा अध्यक्ष अधिकारीले बताउनु भएको छ ।

स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा आउन नसक्ने जेष्ठ नागरिकको तथा दिर्ध रोगीहरुको स्वास्थ्य परिक्षण गरि औषधी समेत बितरण गरिएको स्वास्थ्य शिबिरमा जेष्ठ नागरिकहरुलाई भिडीयो एक्सरे सहितको सेवा प्रदान गरिएको आज पहिलो दिन ३६ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सहित उपचार गरिएको वडा अध्यक्ष अधिकारीले बताउनुभयाे ।

आगामी शनीबार साबिको मेल्चौकामा स्वास्थ्य शिबिर सञ्चालन गरिने अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयाे ।

Leave A Reply

Your email address will not be published.