अखिल क्रान्तिकारी अछाम संगठन विस्तार गर्ने कार्यमा व्यस्त 

Samajik New Add 2082

राष्ट्रिय सम्मेलनलाई मध्येनजर गर्दै अखिल क्रान्तिकारीले जिल्लाका विभिन्न विद्यालयमा संगठन विस्तार गर्ने कार्यलाई तिब्रता दिइरहेको हाे ।

जस अनुसार आईतवार आज पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा रहेकाे विध्यामन्दिर नमुना माध्यमिक विद्यालयमा कक्षा ९ र १० काे प्रतिनिधित्व रहने गरी चक्र प्रसाद न्यौपानेको अध्यक्षता २७ सदस्यीय तथा कक्षा ११र १२ काे प्रतिनिधित्व रहने गरी विनिता न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ।

संगठन विस्तार कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिपेन्द्र जैगडीले दुई प्रकारको शिक्षा प्रणालीको अन्त्य नभएसम्म समानता कुरा गर्न नसक्किने बताउनुभयाे ।

यस्तै उहाँले बैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको थियोे

इकाई कमिटी गठन कार्यक्रममा पार्टीका जिल्ला सचीव चट्टान धामी ,जिल्ला सदस्य तिलक बिष्ट , कमलबजार नगर इन्चार्ज निर्मल विष्ट ,युवा संगठन केन्द्रिय सदस्य कुमार खत्री,अखिल क्रान्तिकारी पुर्वी अछामका जिल्ला संयोजक कमला विष्ट लगायत उपस्थिति रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.