अछामको ढकारीमा भिरबाट लडेर घाईते गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

चक्र प्रसाद जैसी, मंगलसेन – अछाममा भिरबाट लडेर घाईते भएका एकजना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

Samajik New Add 2082

जंगलमा घाँस काट्ने क्रममा घाईते भएकी ५ महिनाकी गर्ववती ढकारी गाउँपालिका वडा नम्बर ७ का ३४ बर्षिय कलधरी थापाको उद्धार गरिएको हो ।

थापा सोमबार घरबाट करीब ५०० मिटर टाढा रहेको बड्डोखोला जंगलमा घाँस काट्न गएकि थिइन ।

साझसम्म घर नफर्किएपछी खाेजिकार्य गर्दा आज मंगलवार बिहान ७ बजे जंगलमा अचेत अवस्थामा भेटिएकी थिइन उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गर्भवती महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदले बताउनुभयो।

भिरबाट एक सय मिटर तल खसेकी थापाको ढकारी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि हेलिकप्टरमा बाहिर पठाईएको अध्यक्ष साउँदले बताउनुभयो। थापाको टाउको निधार र बाँया खुट्टामा चोट लागेको छ ।

Leave A Reply

Your email address will not be published.