मंगलसेन नगरपालिका द्धारा वडामै पुगेर अपाँगता परिचयपत्र वितरण

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाले वडाका अपांगता भएका ब्यक्तिहरुलाई वडा तहमै गएर सेवा दिन थालेको छ । अहिले पनि विभिन्न कारणले नगरपालिका सम्म आएर सेवा लिन नसक्ने व्यक्तिहरुका लागि नगरपालिकाले वडात तहमै पुगेर सेवा दिन थालेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

नगरपालिकाको अपांगता परिचयपत्र समन्वय समितिले बुधबार पालिकाका ११, १२ र १४ नम्बर वडाका अपांगता भएका नागरिकहरुलाई सेवा दिएको छ । आर्थिक हिसाबले र शारिरक हिसाबले मंगलसेन सम्म आउन नसकी अवसर बाट बञ्चित भएका सेवाग्राहीलाई सेवा दिईएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले बताउनुभयो ।

सोही अवसरमा वडा न ११ मा ४ जना, वडा न १२ मा ११ जना र वडा न १४ कालागाउमा ११ जनाले सेवा पाएका छन । शिविर स्थलमा डाक्टरको स्वास्थ्य परिक्षण पछि २ जनालाई ख बर्गको र ३ जनालाई ग बर्गको अपांगता परिचय पत्र दिईएको शाखा प्रमुख महतले बताउनुभयो । अन्य नागरिकहरुलाई पनि स्वास्थ्य परिक्षणका लागि सम्बन्धित ठाउमा जान सुझाव दिएको बताईएको छ ।

अपांगता परिचयपत्र समन्वय समितिका संयोजक तथा उप प्रमुख संगीता रावल सोडारीको नेतृत्वमा गएको टोलीमा डाक्टर अनमोल थापा, अपांग समन्वय समितिका अध्यक्ष रुद्र बहादुर बिक, पत्रकार नरेन्द्र रावल लगायतको सहभागिता रहेको थियो । समितिले यस भन्दा अघि नगरपालिकाको वडा न १३ बस्तीमा पनि शिविर मार्फत त्यहाका नागरिकलाई सेवा दिएको थियो । आफ्नै वडामा सेवा पाएपछि सम्बन्धित वडाका सेवाग्राहीहरु निकै खुसी भएका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.