स्थापना दिवसको अवसरमा चौतारी अछामद्धारा रक्तदान तथा रक्त समुह परिक्षण

Kirci Gyan Kendra

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । २६ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा आयोजना गरिएको कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका २५ जना विद्यार्थिहरुको रक्त समुह पहिचान गरिएको छ भने रक्तदान गर्ने ब्यक्तिहरुको पनि पहिचान गरिएको प्रेस चौतारी अछामले जनाएको छ ।

Samajik New Add 2082

अछाम जिल्लामा जहिले पनि रक्तदान गर्ने ब्यक्तिहरुको अभाव भईरहने र रक्तदान गर्ने बानीको विकास नभएको हुदा यो कार्यमा सुधार ल्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले प्रेस चौतारी अछामले समाज रुपातरणका क्षेत्रमा जिल्लामा सृजनशिल कार्यहरु गर्दै आएको बताउनु भएको छ । यस्ता कार्यहरु बाट सामाजमा राम्रो सन्देश जाने भएकाले आगामी दिनमा पनि यस्ता कर्यलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । अध्यक्ष बोहराले विभिन्न काल खण्डमा व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन नभएको हुदा यसका लागि अर्को लडाईको आवश्यक्ता रहेको बताउनुभयो । अहिले पनि समाजका महिला दिदि बहिनिहरुले रगत नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न सबै सचेत नागरिकले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Saud Agro Kailash

कार्यक्रममा रक्तदान र रक्त समुह पहिचानको महत्वका बारेमा जानकारी गराउदै जिल्ला अस्पताल अछामका डाक्टर अनमोल थापाले हाम्रो समुदायका नागरिकहरु अहिले पनि आफ्नो शरिरमा कुन समुहको रगत छ भन्ने कुरामा जानकार नभएको बेला यो कार्यक्रमले निकै महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । आफ्नै घरको सदस्य विरामी भएर रगतको आवश्यक्ता भएपनी रगत नदिने गलत परम्परा रहेको हुदा यो भ्रम चिर्नका लागि पत्रकारहरुले सकारात्मक भुमिका खेल्नुपर्ने डाक्टर थापाको भनाई छ । आफ्नो रगत समुहको पहिचान गरि राख्दा आपत विपत परेको बेला सहयोग पुग्ने भएकाले हरेक नागरिकले अनिवार्य रुपमा आफ्नो रगत कुन समुहको हो थाहा पाई राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले अछामका सचिव भिम बहादुर रावल, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सुदुरपश्यिम प्रदेश सह ईन्चार्ज शिवराज ढुंगाना, केन्द्रिय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज धनराज साउद, अस्पताल विकास समितिका अध्यक्ष शिव बोगटी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष नरेन्द्र बहादुर रावल, नेकपा एमाले अछामका कार्यालय सचिव पुस्प बहादुर कठायत, जिल्ला अस्पताल अछामका नर्सिङ ईन्चार्ज गंगाबुढामगर लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रेस चौतारी अछामका कोषाध्यक्ष कमल रावलको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन प्रेस चौतारीका नेता कृष्ण बहादुर बुढाले गर्नुभएको थियो । कार्यक्रममा सहभागि विद्यार्थिहरुले प्रेस चौतारीले राम्रो कामको सुरुवात गरेको र आगमी दिनमा पनि यस्ता रचनात्मक कार्यहरुलाई अगाडी बढाउन सुझाव दिएका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.