वैद्यनाथ काेटिहाेम महायज्ञमा ४ कराेड संकलन, २ कराेड बचत

फागुन २७ अछाम:
वैद्यनाथ धाममा फागुन १० गतेबाट सुरु भएर फागुन २५ गतेसम्म सञ्चालन भएको  बिराट् ऐतिहासिक वैद्यनाथ कोटिहोम महायज्ञको समिक्षा वैठक सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालन भएको कोटिहोममा २ करोड वढी खर्च भएको र २ करोड बढी बचत हुने कोटिहोम मुल आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिनुभएको छ । १५ लाख भन्दा वढी मुल्य वरावारको जग्गा दान भएको छ ।

Samajik New Add 2082

आईतबारसम्म वैंकका ३ करोड १७ लाख ७३ हजार जम्मा भएको छ । जम्मा रकम मध्ये १ करोड ४७ लाख ४७ हजार खर्च भएको छ । अहिले वैंकमा १ करोड ७० लाख २६ हजार वचत रहेको छ । ४९ लाख रुपैंया तिर्न वाँकी र ८० लाख भन्दा विभिन्न पालिका तथा वैंक वित्तिय संस्था, कलश ठेली, प्रवासबाट अझै १० लाख भन्दा वढी रकम आउने सुनिश्चित रहेको उहाँको भनाई रहेको छ । उक्त  रकम एक हप्ता भित्रै प्राप्त भएर सम्पूर्ण आयव्य सार्वजनिक गरिने महासचिव उपाध्यायले जानकारी दिनुभयो ।

कोटिहोम मुल आयोजक समितिका अध्यक्ष, एवंम अछाम निर्वाचन क्षेत्र नं।१ प्रतिनिधि सभा सदस्य, पूर्व मन्त्री शेरबहादुर कुँवरले वैद्यनाथ कोटिहोम सम्पूर्णको साथ सहयोगले ऐतिहासिक रुपमा सम्पन्न भएको धारणा व्यक्त गर्नुभयो । कोटिहोमले वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, वैद्यनाथलाई नेपालका चार क्षेत्रमा घोषणाको लागि आधार तयार, यहाँको लोक संस्कृति, लोककला, लोकगीतको संरक्षण र प्रवर्द्धन मद्दत पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले वैद्यनाथलाई नेपालका चार क्षेत्रमा घोषणाको लागि नेपाल  र भारतका ठूल–ठूला विद्धानहरुसँग चाँडै वहस गरिने समेत जानकारी दिनुभएको छ ।

पवित्र तीर्थस्थल वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण संबर्द्धनको लागि कोशेढुंगा सावित भएको आयोजकको भनाई रहेको छ । समिक्षा वैठकले दुई हप्ता भित्र सम्पूर्ण आयव्य सार्वजनिक गर्नको लागि पूर्व जिल्ला विकास समितिका सभापति एवंम् कोटिहोमका वरिष्ठ उपाध्यक्ष भरत कुमार स्वाँरको नेतृत्वमा ७ सदस्सीय समिति गठन गरेको छ । समिक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वैद्यनाथ कोटिहोमका वरिष्ठ उपाध्यक्ष एवंम् आर्थिक समितिका संयोजक मेघराज खड्का, वरिष्ठ उपाध्यक्ष भरत कुमार स्वाँर, उपाध्यक्ष एवंम साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवर, उपाध्यक्ष एवंम साँफेबगर नगरपालिका निर्वतमान प्रमुख कुलबहादुर कुँवर, उपाध्यक्ष वैद्यनाथ धाम पर्यटन विकास व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्का लगायत कोटिहोमका पदाधिकारी उपसमितिका संयोजक लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.