मंगलसेन १ र ५ मा लैङ्गिक रुपान्तरण पद्धती सम्वन्धि एक दिने कार्यक्रम गरिने

मंगलसेन नगरपालिका वडानम्वर १ र ५ मा एक दिने अभिमुखिकरण कार्यक्रम गरिने भएको छ । पीसविनको साझेदारीमा दइवटै वडामा एक/एक दिने कार्यक्रम हुने भएको हो ।

Samajik New Add 2082

नगर उपप्रमुख संगिता कुमारी रावलको अध्यक्षतामा भएको समन्वयात्मक वैठकले वडानम्वर १ को रक्तु खेतगैरा टोलमा र वडानम्वर ५ को कुकुडीपाटा टोलमा अन्तरक्रियात्मक अभिमुखिकरण गर्ने निर्णय गरिएको हो । कार्यक्रममा लैङ्गिक हिंसाको अवस्था र सन्दर्भहरु तथा रुपान्तरण पद्धतिका विषयमा जानकारी गराईने बताईएको छ । वैठकमा बोल्दै नगर उपप्रमुख रावलले टोल स्तरमा लैङ्गिक हिंसा सम्वन्धिका कार्यक्रम गर्दा हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा न्यायीक समिति मार्फत पनि साझेदारी गर्दै यस्ताखाले कार्यक्रम संचालन गरिने उहाँको भनाई छ ।

समन्वयात्मक वैठकमा महिला तथा बालवालिका शाखा प्रमुख मञ्जु महत अतिथि रहनुभएको थियो भने  लैङ्गिक रुपान्तरण पद्धती सम्वन्धि तालिम लिएका व्यक्तिहरु कार्यपालिका सदस्य कौशिला ठकुल्ला, वडा सदस्य दुर्गा प्रसाद भण्डारी, खन्टी लुहार, सिनियर अनमी निरिक्षक ज्ञानु माझी, CPSW कोडिनेटर पानसरा रावल, शिक्षककमल रावल, सरस्वती ढुंगानाको सहभागिता रहेको थियो ।

दुर्गा प्रसाद भण्डारीले वैठकको उदेश्यबारे जानकारी गराउनुभएको वैठकको संचालन नगरपािलकाका एम आई एस अपरेटर होम साउदले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.