उद्योग मन्त्री भण्डारीलाई तुर्माखाँद गाउँपालिकाको २० बुदे मागपत्र

तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर विसिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष माग पत्र पेस गरेका छन् । गाउँपालिकामा सम्भावित बिभिन्न ग्राम उद्योग, कृषि पर्यटन क्षेत्रबारे ध्यानाकर्षण गराउदै उनले मन्त्री भण्डारी समक्ष २० बुँदे माग पत्र पेश गरेका हुन् ।

Samajik New Add 2082

अध्यक्ष विसिका अनुसार तुर्माखाँद गाउँपालिकामा संचालन गर्न सकिने सम्भावित ग्राम उद्योग लगायतका विकास निर्माणका योजनामा बजेट विनियोजन गर्न पत्र मार्फत माग गरिएको छ । रानिबनको कुनिगडामा उद्योग, ग्राम, अल्लो प्रशोधन उद्योग, तरकारी फलफूल संकलन तथा प्रशोधन केन्द्र,  स्यानेटरी प्याड उद्योग, युवा लक्षित स्वरोजगार उद्योग, तुर्माखाँद बृहत् खानेपानी, जङ्गल घाट, सडक, कर्णाली करिडोर, रहफमा पक्की पुल, रानिबनको तुल्तामा रेप्टिङ संचालन, आयोजना, लगायतका शिर्षकमा बजेट माग गर्दै माग पत्र पेश गरिएको अध्यक्ष विसिले बताउनु भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नेकपा एमाले अछामले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष २० बुँदे माग पत्र पेश गरेको थियो ।

Leave A Reply

Your email address will not be published.