
चन्द्रा बुढा, अछाम ५ जेठ ।

श्रम अभियान अछामको आयोजनामा शनिवार विशेष सरसफाई अभियान अन्र्तगत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मंगलसेन बसपार्क क्षेत्रमा सरसफाई गरएिको हो ।

श्रम अभियान अछामले संविधान दिवस २०८० को अवसर पारि सुरु गरेको अभियानको २९ औं हप्तामा शनिबार बिहान बसपार्क परिसर र आसपासको क्षेत्रमा सरसफाई गरिएको श्रम अभियान अछामका सचिव होम साउदले जानकारी दिनुभयो । अभियान अन्तरगत हरेक हप्ताको शनिबार बिहान स्वस्फुर्त रुपमा बसपार्क क्षेत्रका स्थानीय व्यापारी, शिक्षक, कर्मचारी र स्थानीयको सहभागितामा सरसफाई गर्ने गरएिको छ ।
बसपार्क क्षेत्रमा हुने प्लाष्टिकजन्य फोहोर व्यवस्थापन नहुदा समस्या भैरहेकोले स्थानीयकै सक्रियतामा श्रम अभियान सुरु गरि हरेक शनिबार नियमित रुपमा बसपार्क परिसर, खानेपानी मुहान र सडक किनारा सरसफाई गर्ने गरिएको छ ।
शनिबारीय सरसफाई कार्यक्रममा मंगलसेन नगरपालिका वडानम्वर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, बसपार्क व्यवस्थापन केन्द्रका अध्यक्ष अम्मर बहादुर बोगटी, राष्ट्रिय स्वतन्त्र पाटीका युवा नेता भीम थापा, युवा दिनेश थापा, श्रम अभियानका अभियन्ताहरु लगायत बसपार्क क्षेत्रका स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


