कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थिको स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन अध्ययन कार्यक्रम मंगलसेनमा

Kirci Gyan Kendra

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य महाविद्यालयले वि. पि. एच. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन अध्ययन कार्यक्रमका लागि मंगलसेन नगरपालिकामा खटाएको छ । पाठ्यक्रमले निर्धारण गरे अनुरुप स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन अध्ययन कार्यक्रमका लागि विद्यार्थिहरु मंगलसेन नगरपालिकामा मिति २०८१ जेठ ३ गते देखि २०८१अषाढ १५ गते सम्मका लागि खटिएका हुन ।

Samajik New Add 2082

अध्ययनको साधारण उद्देश्यको रुपमा विद्यार्थीहरूमा स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी ज्ञान तथा सीप को विकास गर्ने रहेको छ र यसको बिशेष उद्देश्य मंगलसेन नगरपालिकामा रहेका स्वास्थ्य समस्याका साथ साथै आवश्यकतालाई पहिचान गरी ती समस्या संग सम्बन्धित कारक तत्वहरु पनि पहिचान गर्ने रहेको छ । साथै उक्त समस्या तथा आवश्यकताहरुको समाधानार्थ स्थानीय तहसंग भएको सम्भाव्य स्रोतहरुको पहिचान गर्ने समेत रहेको जनाईएको छ ।

Saud Agro Kailash

यस अध्ययनले मंगलसेन नगरपालिकाको समग्र स्वास्थ्य क्षेत्रमा भए गरेका सेवा प्रवाह, ती सेवाहरुको गुणस्तर, तथा तिनीहरूको सुधारक्रममा देखा परेका बाधा व्यवधानहरुको पहिचानका निमित्त पनि एउटा कोसेढुङ्गाकाे रुपमा काम गर्ने विश्वास लिईएको छ । अध्ययनमा नगरपालिका भित्र रहेका स्वास्थ्य समस्यालाई पहिचान गरी प्राथमिकताका आधारमा प्रमूख समस्या समाधानका निमित्त स्वास्थ्य निकाय तथा गैर स्वास्थ्य निकाय सँग समन्वय गरी आवश्यक रणनिती बनाउने रहेकाे जानकारी उक्त अध्ययनमा सहभागी बिद्यार्थी आशिका पुनले जानकारी दिनुभयो ।

स्थानिय स्वास्थ्य प्रणाली व्यवस्थापन अध्ययन कार्यक्रमका लागि आएकाहरुलाई मंगलसेन नगरपालिकामा यहि जेठ ४ गते परिचयात्मक तथा अभिमुखिकरण गरि सम्वन्धित क्षेत्रमा खटाईएको छ । नगरपालिकाका निमित्त प्रमुखको प्रशासकीय अधिकृत श्री खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा पालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुख, पालिकाका विभिन्न निकायमा कार्यरत पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अभिमुखिकरण गरि औपचारिक रूपमा कार्यक्रम सुरुवात भैसकेको नगरपालिका स्वास्थ्य संयोजक भुमिनन्द ढुंगानाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.