जिल्ला प्रशासन कार्यालकाे सेवा प्रवाह र सामाजिक असर न्यूनिकरण सम्वन्धमा मेल्लेखमा अन्तरक्रिया

पालिकाकाे सान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवा र सामाजिक असर न्यूनिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ ।

Samajik New Add 2082

मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदकाे अध्यक्षतामा भएको कार्यक्रममा   सान्ति सुरक्षा अमन चयन सामाजिक कुरिति कुसंस्कार, सामाजिक असर न्युनिकरण  र जिल्ला प्रशासन कार्यालयले प्रदान गरिने सेवा प्रवाह र नागरिकले पाउने सेवा सहजताकाकाे विषयमा छलफल गरिएको हाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का, प्रमुख सेनानी जनक शिलवाल, प्रहरी नायव उपरीक्षक सन्तोष पाठक लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधि, बिषयगत शाखाका प्रमुख लगायत अन्य सराेकारवाला सहभागी हुनुहुन्थ्यो ।

अन्तरक्रिया कार्यक्रमकाे संचालन मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले गर्नु भएको थियोे ।

Leave A Reply

Your email address will not be published.