अछाममा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा न १ कुन्तीबण्डाली जैधन निवासी २२ बर्षिय रतन जैगडीको ज्यान गएको हो ।

हाल रक्तुखोला बस्दै आएका जैगडी घरबाट मंगलसेन नगरपालिका वडा नम्वर ७ जनाली ससुराली जाने क्रममा वडा नम्वर १ को घोडेढुंगा भन्ने भिरबाट लडेर ज्यान गएको उनका आफन्त जगत जैगडीले जानकारी दिनुभएको छ ।
रोपाइको लागि ससुराली गएर आफन्तलाई ल्याउन जानेक्रममा भिरबाट लडेर ज्यान गएको बताईएको छ । सोमबार साझ ४ बजे तिर घट्ना घटेपनि खोजीगर्दा आज मात्रै उनको शव फेला परेको हो ।
मृतक जैगडीका एक छोरी र श्रीमती छन । मृतकको जेठ २३ गते खेतगैरामा अन्तिम दाहसंकार गरिने जगत जैगडीले जानकारी दिनुभएको छ ।