साथीको सम्झनामा विरामीलाई फलफूल वितरण

Kirci Gyan Kendra

साँफेबगर नगरपालिका –४ निवासी समाजसेवी युवा तथा तरुण दल साँफेबगर नगर कमिटी अध्यक्ष सुदिप कुँवरले बयालपाटा अस्पतालका १०० जना विरामीहरुलाई फलफूल वितरण गरेर साथी प्रज्जवल शाहको सम्झना स्वरुप जन्मदिन मनाएका छन् ।

Samajik New Add 2082
Saud Agro Kailash

स्वगीय साथीलाई सम्झदै फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको कुँवर बताउँछन् ।

समाजसेवी कुँवरले विगत ४ वर्ष देखि साथीको जन्म उत्सवमा सम्झना स्वरुप विभिन्न सामाजिक काम गर्दै आएका छन् । उनीले यस अघिको जन्म उत्सवमा साँफेबगर स्थित बैजनाथ आश्रमका २६ जना बटुकहरुलाई किताक, कापी डटपेन वितरण गरेका थिए ।

फलफूल वितरण कार्यक्रममा समाजसेवी राजन कुँवर, नेविसंघका केन्द्रीय सदस्य सुशिल कुँवर, उमेश कुँवर लगायत अन्यको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.