अछाम:
अछाम सरोकार मञ्चको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार मंगलसेनमा सम्पन्न भएको साधारण सभाबाट डिबी साउदको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षमा मान बहादुर कुवँर, महासचिवमा हिम बहादुर विश्वकर्मा, सचिव तुलाराम बिसि, कोषाध्यक्ष शंकर रावल, सदस्यहरु टेक बहादुर थापा, हरिशचन्द्र रावल, गोपी सिंह नेपाली, जानकी बोहरा, हिक्मत नेपाली, जनक साउद लगायतका पदाधिकारी रहेका छन ।
सोही सभाबाट बम बहादुर रावलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहार समिति समेत गठन गरिएको छ । सामाजिक क्षेत्रमा कामगर्ने उदेश्यले स्थापना भएको संंस्थाले अछाम जिल्लामा विभिन्न रचनात्मक गतिविधिहरु गर्दै आईरहेको छ ।
देशमा कोरोना महामारी फैलिएको बेला अछाम सरोकार मञ्चले जिल्लाका १० वटै पालिकामा पुगेर स्थानीय नागरिकहरुलाई सुरक्षाका सामाग्री समेत वितरण गरेको थियो भने सरोकार मञ्चका पदाधिकारीहरुले जिल्लामा रक्तदान गर्ने कार्यलाई समेत निरन्तरता दिएका अध्यक्ष साउदले बताउनुभयो ।
जिल्लाका नागरिकहरुले भोगी रहेका समस्याहरुका बारेमा वकालत गर्दै आएको यो संस्थाले आगामी दिनमा पनि नागरिक संग सरोकार राख्ने विषय वस्तुलाई उठान गरि समस्या समाधानका लागि सम्बन्धित निकायका व्यक्तिहरुलाई जिम्मेवार र जवाफदेहि बनाउने कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।
सरोकार मञ्चको पहिलको बैठकले अछाम जिल्ला बाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधि संग जनता संग उमेदवार कार्यक्र संचालन गर्ने, स्थानीय तहका प्रमुख संग अन्तर सम्वाद, अछाम कचहरि लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको सचिव तुलाराम बिसिले बताउनुभयो ।
बैठकले संस्थाका गतिविधिलाई तिब्रता दिने, प्रत्यक तिन महिना बैठकको आयोजना गर्ने लगायतका निर्णय गरेको छ ।