नाेक्सान नेपाली युवा परिवार दक्षिण काेरियाकाे नयाँ कार्यसमिति चयन

दक्षिण कोरिया बुसान स्थित नोक्सान नेपाली युवा परिवारको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट राजेन्द्र प्रसाद लालिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हाे ।

Samajik New Add 2082

नोक्सान पार्कमा भएको उक्त अधिवेशनकाे उदघाटन कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष प्रेम लामिछानेले गर्नुभएको थियाे भने सस्थाका संरक्षक संगित अधिकारि प्रमुख अतिथि रहनुभएकाे थियाे ।घ

उक्त अधिवेशनमा नेपाल सम्पर्क समिति बुसानका अध्यक्ष चन्द्र कार्कि सुदुर पश्चिम समाज बुसानका अध्यक्ष देबराज बडु नोक्सान नेपालि युवा परिवार का सस्थापक सदस्य तथा सल्लाहकार राजेन्द्र प्रसाद लामिछाने सस्थाका सल्लाहकार दिल गाहा शिबराम आचार्य जनकराज पौडेल मामा हर्क राइ पवन पोखरेल लगाएतले शुभकामना मन्तव्य दियका थिय ।

सस्थाका सदस्य आयुश खड्काको स्वागत मन्तव्यबाट सुरु भएकाे अधिवेशन उदघाटन कार्यक्रमकाे सञ्चालन संस्थाका महासचिव केशव रिमालले गर्नुभएको थियाे ।

प्रमुख अतिथि रहेका अधिकारिले प्रदेशि नेपालिहरुको एकताले हरेक सुख दुःखमा आत्मीय सम्बन्ध कायम गर्दै विभिन्न सामाजिक क्रियाकलापमा उत्तिकै सक्रिय यस संस्थाले विगत देखि बुसान एरियामा गरिरहेको काम कार्यक्रमको प्रसंसा गर्दै खुशी व्यक्त गरेका थिए ।

“सहयोगी भावनका साथ बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१४ मा स्थापना गरियको सस्थाकाे चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको जनाईएकाे छ ।

अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष राजेन्द्र प्रसाद लामिछाने सहित वरिष्ठ उपाध्यक्ष शिवराम आचर्य, उपाध्यक्ष पवन पोखरेल, आनन्द राइ, महासचिव आयुश खड्का, सचिव नारायण सुबेदि र कोषाध्यक्ष लक्ष्मण महतो रहेका छन ।

अन्य सदस्यहरुमा प्रकाश पौडेल, उमेश राइ, सुजन क्षेत्री, कमल नेपाल, युवराज सुइयाल, दिपक बहादुर खड्का रहेका केशव रिमालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.